पुल भाँचिएर बस दुर्घटना हुँदा एक जना वेपत्ता २५ जना घाइते

 पुल भाँचिएर बस दुर्घटना हुँदा एक जना वेपत्ता २५ जना घाइते

कास्कीको मादी गाउँपालिका–९ र लमजुङको मध्यनेपाल नगरपालिका–८ जोड्ने रुदी खोलाको पुल आज भाँचिएपछि बस दुर्घटना हुँदा २५ भन्दा बढी यात्रु घाइते भएको र एक जना खोलाले बगाएर बेपत्ता भएका छन् ।

अपराह्न कास्कीको लेखनाथ हुँदै लमजुङको लासोथार गाउँपालिकाको बालुवाबेँसी जाँदै गरेको ना ५ ख ६३९५ नंको बस रुदी खोलाको पुलको जिप भाँचिएपछि दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

घटनालगत्तै प्रहरी टोलीले घटनास्थल पुगी उद्धार एवं थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा दुई जना चेपिएको अवस्थामा देखिएकाले उद्धारको प्रयास गरिएको मादी गाउँपालिकाका प्रमुख श्याम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा यात्रारत अन्य २५ यात्रुको भोर्लेटारमा उपचार भइरहेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.