बाल विकास बन्यो च्याम्पियन

बाल विकास बन्यो च्याम्पियन

भक्तपुर : जिल्लाव्यापी विद्यालयस्तरीय कोकाकोला कप छनोट फुटबल प्रतियोगिताको उपाधि बाल विकास इंगलिस स्कुलले जितेको छ ।

भक्तपुर जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत बिहीबार भएको फाइनलमा देवी माध्यमिक विद्यालयलाई ३–० गोलले पन्छाउँदै बाल विकास च्याम्पियन भएको हो ।

प्रतियोगिताको विजेता बाल विकास क्षेत्रीय प्रतियोगिताको लागि छनोटसमेत हुन सफल भएको छ ।

खेलको दोस्रो मिनेटमै गोल गरेर लिएको अग्रतालाई बचाउन नसक्दा देवी बाल विकासलाई उल्टै नतिजा सुम्पन बाध्य भएको थियो । उसको लागि सागर तामाङले सुरुवाती गोल गरेका थिए ।

उक्त गोलको ६ मिनेटपछि नवीन रानाले गोल गरेर बाल विकासलाई बराबरीमा ल्याए । खेलको पहिलो हाफमा १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफमा देवीका खेलाडीले गोल राम्रो अवसरसमेत सदुपयोग गर्न सकेनन् । तर नवीन फुदोङले सात मिनेटको फरकमा खेलको ४१ औं र ४८ औं मिनेटमा दुई गोल गर्दै बाल विकासको जीत सुनिश्चित गरे । उनले पहिलो गोल फ्रि किकमार्फत गरेका थिए । देवीका खेलाडीको ह्याण्डवापत पाएको फ्रि किकको बललाई उनले जाली चुमाएका हुन् ।

प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडी तथा विद्यालयलाई भक्तपुर नगर खेलकुद समितिका संयोजक उकेश कवांले प्रमाणपत्र, पदक तथा शिल्ड वितरण गरेका थिए ।
प्रतियोगिताको समापन कार्यक्रममा भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखू, प्रतियोगिता संयोजक तीर्थरत्न राजचल र रामकृष्ण प्रजापतिले यस वर्षको क्षेत्रीय प्रतियोगितासमेत भक्तपुरमै हुने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.