कालोसूचीमा रहेका १८ जना कतारीसँग कारोवार रोक्न यूएइको निर्देशन
यूनाइटेड अरव इमिरेटस यूएइको केन्द्रीय बैठकले सबै बैंकहरुलाई कतारसँग सम्बन्धित कालो सूचीमा रहेका १८ जना व्यक्तिसँगको कारोवार रोक्न निर्देशन दिएको छ । कतार माथि नाकावन्दी लगाउने मुलुकले उनीहरुलाई आतंककारीको सूचीमा राखेका छन् । तर उनीहरुले लगाएको आरोपलाई कतारले आधारहिन बताएको छ ।
बैंक तथा बित्तीय संस्थाहरुलाई कालो सूचीमा रहेका व्यक्तिहरुको सबै बैंक खाता,लगानी र बचतलाई फ्रिज गर्न यूएइको केन्द्रीय बैंकले सर्कुलर जारी गरेको छ ।
यूएइको निर्देशनलाई साउदी अरव,बहराइन र इजिप्टले पनि पालना गर्न सक्ने अलजजीराले जनाएको छ । ती १८ जनासहित जुलाई २५ मा पठाइएको सूचीमा रहेकाहरुसँग कारोवार रोक्न यूएइले निर्देशन दिएको हो ।
यसैवीच कतारका विदेशमन्त्रीले कतार माथि नाकावन्दी लगाउने मुलुकले अमेरिकी आग्रहलाई पनि अस्वीकार गरेको बताएका छन् ।