चितुवाको छालासहित तीन युवा पक्राउ

चितुवाको छालासहित तीन युवा पक्राउ

भक्तपुर : प्रहरीले प्रतिबन्धित चितुवाको छाला एकथानसहित तीनजनालाई भक्तपुरको पलासेंबाट बिहीबार नियन्त्रणमा लिएको छ ।

केन्द्रीय अनुसन्धान व्युरो काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पलासेंस्थित वाटर किङडम रिसोर्टबाट प्रतिबन्धित चितुवाको छालासहित नियन्त्रणमा लिएको हो ।

व्युरोका प्रहरी निरीक्षक राजकुमार सिंह नेतृत्वको प्रहरी टोली सिन्धुपाल्चोक मेलम्ची नपा १० शिखरपुरका २७ वर्षीय जीवन तामाङ, दोलखा तामाकोसी गाउँपालिका २ का २७ वर्षीय सुरेन्द्र पाख्रिन र भीमेश्वर नपा ९ का २० वर्षीय सिंहवीर तामाङलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरमा अनुसार चितुवाको छालासहित नियन्त्रणमा लिइएका युवाहरुलाई जिल्ला वन कार्यालय भक्तपुर बुझाइएको छ।

विशेष सुराकीको आधारमा व्युरोबाट परिचालित प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.