महाकाली तटबन्ध बाढीले बगायो

महाकाली तटबन्ध बाढीले बगायो

दार्चुला : साउन १२ गते दार्चुला जिल्ला सदरमुकाम खलंगा जोगाउन निर्माणाधीन महाकाली तटबन्धको २० मिटर पर्खाल महाकाली नदीले बगाएको छ।

महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरिरहेको महाकाली तटबन्धको प्याकेज नम्बर १० बंगाबगड क्षेत्रको महाकाली तटबन्धको १० र १० मिटरका २ ओटा ग्र्याभेटी पर्खाल नदीले बगाएको आयोजना प्रमुख सुशील देवकोटाले बताए।

बिहीबार बिहान महाकाली नदीले खोतीला पहिरो क्षेत्रको वारिपट्टीको महाकाली तटबन्धको ओटा पर्खाल नदीले बगाएको हो भने सोही क्षेत्रको बांगाबगडमा एउटा घर पूर्ण रुपमा ध्वस्त भई तिन गम्भीर घाइते भएका छन्।

भने २ ओटा पर्खाल जोखिममा रहेका छन्।२ ओटा पर्खालहरु समेत भासिन लागेकाले जोगाउन ग्याबिन जाली लगाउने तथा ढुङ्गा भर्ने काम भइरहेको आयोजना प्रमुख देवकोटाले बताए। सिमेन्ट कम राखेर छिटो काम सिध्याउन ठेकेदारको लापरबाहीका कारण गुणस्तरहीन तटबन्ध निर्माण गरेको आरोप लगाउदै बंगाबगर बासीले आक्रोस पोखेका छन्।

आयोजना प्रमुख देवकोटाको अनुसार खोतिला पहिरोका कारण नेपालतिर बढी नदीको बेग भएको कारण समस्या भएको हो। ‘रड बिनै ब्लक राखिएको कारण नदीको बेग थाम्न सकेको छैन। पर्खाल लगाउने बेलै पहिरो आएको र खोला किनारबाटै पर्खाल उठाइएको कारण समस्या भएको हो’, उनले भनेका छन्।

यसअघि भएको वर्षाका कारण पनि प्रर्खाल भासिएको थियो। भत्काएको क्षेत्रमा ग्याबिन जाली र ढुंगा राखिएको थियो। भत्काएर अड्किएको पर्खाल नदीले बगाएको स्थानीय प्रवेश बमले जानकारी दिनुभयो।

हिजो राति बाट निरन्तर बर्षा हुँदा अहिले पनि बंगाबगड बासी बाढीको त्रासमा छन्। नदीमा पानी बढ्ने बित्तिकै सुत्न पाइदैँन बमले भने, ‘कति बेला नदी बढ्छ र बगाउँछ भन्ने चिन्ताले बंगाबगड बासी तथा सदरमुकाम खलंगा बासी पिरोलिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.