नीतीश कुमार राजीनामा दिएको भोलिपल्ट फेरि बिहारको मुख्यमन्त्री
पटना : जनता दल (यूनाइटेड) का नेता नीतिश कूमार भारतीय प्रतिपक्षी दलसँगको महागठबन्धनलाई तोड्दै भारतीय जनता पार्टी (भाजपा)को समर्थनमा बिहीबार पुनः बिहारको मुख्यमन्त्री बनेका छन् ।
उनले राजनाथ भवनमा बिहीबार नै सपथ लिएका छन् । त्यसैगरी भाजपाका सुशिल कूमार मोदीले पनि उपमुख्यमन्त्रीका रूपमा बिहिबार नै सपथ लिएका छन् । दुवै जनाले भारतीय संसदबाट बहुमत सिद्ध गर्नुपर्ने कानूनी प्रावधान अनुसार शुक्रबार नै संसदमा विश्वासको मत रहेको पुष्टि गर्नुपर्नेछ ।
दुवै जनाले भारतीय संसदबाट बहुमत सिद्ध गर्नुपर्ने कानूनी प्रावधान अनुसार शुक्रबार नै संसदमा विश्वासको मत रहेको पुष्टि गर्नुपर्नेछ ।
कूमारले भाजपासँगको सन् २०१३ मा छुटेको सम्बन्धलाई पुनःस्थापित गर्दै सन् २०१९ मा हुने लोक सभाको निर्वाचनमा लागि भाजपासँग सम्बन्ध स्थापित गरेका हुन । यसले निर्वाचनमा गहिरो प्रभाव पार्ने बताइएको छ ।
बिहारको राजनीतिमा चाणक्य भनेर बताइने ६६–बर्षीय कूमारले बिहारका चर्चित नेता लालु यादवको दल राष्ट्रिय जनता दल (आरजेडी) र भारतीय कँगे्रससँगको गठबन्धन तोड्दै बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । रासस/पीटीआई