यी हुन् नवाज सरीफलाई दोषी ठहर गर्ने पाँच न्‍यायाधीश

यी हुन् नवाज सरीफलाई दोषी ठहर गर्ने पाँच न्‍यायाधीश

इस्लामावाद:बहालवाला पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफविरुद्ध परेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतका पाँच जना न्‍यायाधीशले दोषी ठहराएका छन्। पनामा पेपर्स प्रकरण मामलामा दोषी रहेको भन्‍दै पाकिस्तानका पाँच न्यायाधीले शुक्रबार दोषी ठहरेको फैसला सुनाएका हुन्।

को हुन यी पाँच न्‍यायाधीश?

१.न्‍यायाधीश आसिफ सईद ख़ान खोसा
आसिफ सईद ख़ान खोसा सन् २०१०मा पाकिस्तानको सर्वोच्च अदालतको न्‍यायाधीशका लागि पहिलो चुनिए। न्‍यायाधीश भएपछि उनी पनामा पेपर्स मुद्दामा हेर्ने बेन्चका अध्‍यक्ष बने। १८ वर्षदेखि आफ्नो करियर सुरु गरेका खानले अहिलेसम्‍म करीब ५० हजार मुद्दाको सुनुवाई गरिसकेका छन्। खोसा पाकिस्तानका बहालवाला प्रधानमन्त्री नवाज सरीफ विरुद्ध फैसला सुनाउने आटिला न्‍यायाधीशमध्‍ये एक हुन्।

२.न्‍यायाधीश गुलजार अहमद
जस्टिस अहमदले आफ्नो करियरको सुरुवात उच्‍च अदालतबाट गरेका हुन्। यसपछि अहमद सर्वोच्‍च अदालतमा वकालतमा लागे र सिधै उच्‍च अदालतको बार एशोसिएनमा चुनाव जित्‍न सफल भए। सन् २००२ मा उनी उच्‍च अदालतको न्‍यायाधीशमा चुनिए। यस्तै नोभेम्बर २०११मा सर्वोच्च अदालतको न्‍यायाधीशमा नियुक्त भए। सन २०१७ जुलाई २८ तारिकमा बहालवाला प्रधानमन्त्री सरीफविरुद्ध दोषी ठहरको फैसला सुनाए।

३. न्‍यायाधीश एजाज़ अफज़ल ख़ान
न्‍यायाधीश खान खैबर ल क्‍याम्पसबाट सन् १९७७मा ग्र्याजुएशन गरेका छन्। सन् १९९१ मा सर्वोच्‍च अदालतमा वकालतका लागि लाईसेन्स दर्ता लिएका थिए। उनी करीब ९ वर्षसम्‍म उच्च अदालतमा पेशेवर मुख्य न्‍यायाधीशको रुपमा काम गरे। सन् २०११मा उनलाई
सर्वोच्‍च अदालतले न्‍यायाधीशमा नियुक्ति गर्‍यो।

४.न्‍यायाधीश इजाज़-उल अहसान
पञ्‍जाब विश्‍वविद्यालयबाट न्‍याय तथा कानून अध्‍ययनपछि न्‍यायाधीश अहसानले पोस्ट ग्रयाजुएट अध्‍ययन अमेरिकाको कोर्नेल विश्वविलालयबाट
पूरा गरे। यसपछि सन् २०११मा लाहौरको उच्‍च अदालतमा न्‍यायाधीधको रुपमा नियुक्त भए। सन् २०१५मा उनी लाहौर उच्‍च अदालतको मुख्‍य न्‍यायाधीशको रुपमा जिम्‍मेवारी पाए। यो क्रम चलिरह्‍यो र उनी सन् २०१६मा सर्वोच्च अदालतमा न्‍यायाधीको रुपमा नियुक्त भए। सन् २०१७को २८ जुलाईमा प्रधानमन्त्री सरीफविरुद्धको फैसलामा दोषी ठहर सुनाए।

५.न्‍यायाधीश शेख अज़मत सईद
सन् १९८०मा लाहौर उच्‍च अदालतबाट न्‍यायाधीश सईदले आफ्नो करियर सुरु गरेका हुन्। यसपछि उनी पाकिस्तानका सर्वोच्‍च अदालतमा वकालत सुरु गरे। उनले पाकिस्तानका धेरै जटिल प्रकारका मुद्दाहरुलाई टुंगो लगाए भने आपराधिक मुद्दाका विज्ञ समेत कहलाइए। यसपछि सन् २००४मा लाहौरको उच्‍च अदालतमा न्‍यायाधीश बने र सन् २०१२मा सर्वोच्‍च अदालतले उनलाई न्‍यायाधीधको जिम्‍मेवारी दिए। यसपछि उनले सन २०१७ जुलाई २८ मा बहालवाला पाकिस्तानी प्रधानमन्त्री विरुद्धको मुद्दा फैसला गरे चर्चित बने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.