उत्तर कोरियाले परीक्षण गर्यो दोस्रो अन्तरमहादेशीय मिसाइल
एजेन्सी : तत्कालै अर्को मिसाइल परीक्षण नगर्ने अभिव्यक्ति दिएको उत्तर कोरियाले एक शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । शुक्रबार ‘ह्वासङ १४’ नामको दोस्रो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको एक उत्तर कोरियाली अधिकारीले पुष्टि गरेको कोरियन समाचार संस्था केसीएनएलाई उद्धृत गर्दे सिन्ह्वाले जनाएको छ ।
शुत्ररबार अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दावी गरेका थिए । केही हप्ताअघि मात्रै उत्तर कोरियाले पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीवीएम) परीक्षण गरेको थियो ।
उत्तर कोरियाले गरेको पछिल्लो ब्यालेस्टिक मिसाइल परीक्षणको जवाफमा अमेरिका र दक्षिण कोरियाले संयुक्त मिसाइल परीक्षण गर्ने तयारी गरेको शनिबार बिहानै दक्षिणकोरियाली सेनाका अधिकारीले बताएको सिन्ह्वाले जनाएको छ।