भारोत्तोलनलाई करोडौंको खेल सामग्री सहयोग

भारोत्तोलनलाई करोडौंको खेल सामग्री सहयोग

काठमाडौं : नेपालमा पहिलो पटक आयोजना भएको युथ एन्ड जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप शुक्रबार सम्पन्न भएको छ । एसियाका ३० राष्ट्र सहभागी च्याम्पियनसिप नेपाल भारोत्तोलन संघले सफलतापूर्वक सम्पन्न गरेको हो । च्याम्पियनसिपको समापनसँगै संघका लागि नयाँ चुनौती पनि थपिएको छ, च्याम्पियनसिपका लागि आएका सामानको व्यवस्थापन ।

च्याम्पियनसिपका लागि अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ, एसियाली भारोत्तोलन महासंघ र चीनको भारोत्तोलन संघले उपलब्ध गराएका सामग्री कहाँ राख्ने भन्ने चुनौती संघलाई थपिएको छ । नेपाल भारोत्तोलन संघका महासचिव पार्थ सारथिसेन गुप्त पनि सामग्री व्यवस्थापनका लागि संघलाई चुनौती रहेको बताउँछन् । 'संघमा सामान राख्ने ठाउँ नै छैन । त्यसका लागि बढी स्पेस भएको ठाउँ आवश्यक पर्छ । यसका लागि संघले उपयुक्त ठाउँको खोजी गरिरहेको छ', गुप्तले भने । उनले केही दिनभित्रै ठाउँ खोजेर सामग्रीको व्यवस्थापन गरिने बताए ।

च्याम्पियनसिपका लागि अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ, एसियाली भारोत्तोलन महासंघ र चीनको भारोत्तोलन संघले वेट लिफ्टिङ सेट, बार वेललगायतका सामग्री तीन महिनाअघि नै नेपाल पठाएका थिए । यसैगरी एसियन सिनियर भारोत्तोलन च्याम्पियनका लागि सन् २०१५ मै केही सामान नेपाल आएको थियो । केही सामान अझै आउन बाँकी रहेकाले सातदोबाटोको ट्रेनिङ हलमा नअट्ने भएपछि व्यवस्थापनमा समस्या देखिएको महासचिव गुप्तले बताए ।

'सिनियर एसियन च्याम्पियनसिपका लागि धेरै सामान सन् २०१५ मै नेपाल आएको थियो । अहिलेको प्रतियोगिताका लागि तीन महिनाअघि पनि केही सामान आएको छ । अझै केही सामान आउन बाँकी नै छ', उनले भने, 'यी सामानले धेरै ठाउँ ओगट्ने भएकाले व्यवस्थापन गर्न समस्या छ ।' उनले २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण सिनियर एसियन च्याम्पियनसिप आयोजना गर्न नसक्दा उक्त प्रतियोगिताका लागि आएका सामानहरू पनि गोदामै थन्किएको बताए ।

जिल्लामा भने सधैं अभाव

विभिन्न प्रतियोगिताका क्रममा विदेशबाट आएका सामान काठमाडौंस्थित नेपाल भारोत्तोलन संघको गोदाममै थन्किने गरेका छन् । तर खेलाडी उत्पादनको दृष्टिकोणले निकै महत्वपूर्ण मानिने जिल्लामा भने सधैं खेल सामग्रीको अभाव हुने गरेको छ । संंघका सदस्य एवं प्रशिक्षक दिनेश भुजेलले विदेशबाट आएका खेल सामग्री बाहिरका जिल्लालाई नदिने र काठमाडौंमै थन्काएर राख्दा खेलाडी उत्पादनमा समेत समस्या परेको बताए ।

'विदेशबाट आएका सबै सामान काठमाडौंमै थन्काएर राख्ने गरिन्छ । खेलाडी उत्पादन गर्ने जिल्लामा सामान हुँदैन । अर्कोतिर, राजधानीमा गोदाममा लामो समयदेखि थन्किएर रहेका खेल सामग्री नष्ट भएको समाचार पनि सुनिन्छ', भुजेलले भने । उनले दुई वर्षअघि र अहिले गरी दुई करोड रुपैयाँभन्दा बढीको सामान नेपाल आएको बताउँदै गोदाममा थन्काउनुभन्दा जिल्लालाई बाँड्न सुझाव दिए ।

'सबैको ध्यान उपत्यकाका जिल्लामा मात्र केन्द्रित हुने गरेको छ । यो प्रवृत्तिलाई नचिरेसम्म जिल्लामा खेलाडी उत्पादन हुन सक्तैन', भुजेलले अन्नपूर्ण पोस्टसँग भने, 'बाहिरी जिल्लामा न खेलाडीलाई अभ्यास गराउने सुविधासम्पन्न ट्रेनिङ हल छ, न त अभ्यास सामग्री नै । इन्डोर खेल भए पनि हामीले खेलाडीलाई बाहिरी मैदानमै अभ्यास गराउनुपर्ने बाध्यता छ ।'

भुजेलले सरकारको बेवास्ताका कारण नेपालमा भारोत्तोलन खेल ओझेलमा परेको गुनासो पनि गरे । 'अन्य खेलको तुलनामा भारोत्तोलन पदकको सम्भावना बढी भएको खेल हो तर, पछिल्लो समय यो खेललाई राज्यले बेवास्ता गरिरहेको छ । पदकको सम्भावना भएको खेललाई राज्यले प्राथमिकतामा राख्न सकेको छैन', उनले भने, 'पदकीय दृष्टिकोण महत्वपूर्ण खेलहरूको प्राथमिकता निर्धारण नगरिएसम्म नेपाली खेलकुदले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अपेक्षित सफलता हात पार्न गाह्रो छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.