इण्डोनेसियाका राजदूत बुद्धका सन्देश प्रवाह गर्न दृढतापूर्व उभिने
काठमाडौ : बेनेलक्स तथा यूरोपेली यूनियनका लागि इण्डोनेसियाका राजदूत यूरी ओक्तावियन थमरिनले बुद्धको वास्तविक जन्मस्थल नेपाल रहेको सन्देश प्रवाह गर्ने कार्यमा आफू दृढताकासाथ उभिने बताएका छन् ।
लुम्बिनी कपिलवस्तु बिश्व अभियान वेल्जियमको तीन सदस्यीय टोलीले ब्रुसेल्सस्थित इण्डोनेसियन राजदूतावासमा भएको भेटमा राजदूत थमरिनले त्यस्तो धारणा व्यक्त गर्नु भएको हो । अभियानका बेल्जियमका अध्यक्ष दामोदरप्रसाद आचार्य,सदस्यद्धय योगिता थापा र अनिल थापाले राजदूत थमरिनसँग भेटवार्ता गरेको हो ।
भेटका अवसरमा राजदूत थमरिनलाई गौतम बुद्धको जन्मस्थल नेपाल र बुद्धका शान्तिका सन्देशका बारेमा अभियन्ताहरुले जानकारी गराएका थिए ।