‘कांग्रेसको इज्जत प्रदेश नम्बर २ मा’

‘कांग्रेसको इज्जत प्रदेश नम्बर २ मा’

जनकपुरधाम : प्रदेश नम्बर २ बाहेक देशभरी सम्पन्न स्थानीय तहको निर्वाचनमा दोस्रो पार्टी बनेको नेपाली कांग्रेसको इज्जत अब मधेसका आठ जिल्लाका मतदाताको हातमा रहेको कांग्रेस नेताले बताएका छन्। दुई चरणको निर्वाचनको परिणाम अनुसार एमालेबाट फराकिलो अन्तरले पराजित हुँदै दोस्रो पार्टी बनेका कांग्रेसले आफ्नो पहिचान फेर्दै एक नम्बर पार्टी बन्नका लागि प्रदेश नम्बर २ माथि आश्रित भएको हो ।

सोही अन्तर्गत तेस्रो चरणको निर्वाचनको मिति नजिकिदै जाँदा आठ जिल्लामा चुनावी अभियानलाई तिव्रता दिन नेपाली कांग्रेसका नेता सक्रिय भएका छन् ।

शनिबार पार्टी केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिद्वारा जनकपुरमा आयोजित २ नम्बर प्रदेश स्तरीय प्रचार प्रसार समिति विशेष भेलामा सहभागी कांग्रेस नेता तथा खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले देशको राजनीतिको आँखा अहिले यसै प्रदेशमा केन्द्रीत भएको बताए । उनले भने, ‘२ नम्बर प्रदेशको निर्वाचन कांग्रेसका लागि ठूलो परीक्षा हो र यसलाई हामीले जसरी पनि उतिर्ण गर्ने पर्छ ।’

मधेसले विगतमा पनि कांग्रेसको इज्जत जोगाएको हुनाले यसपटक पनि यहाँका मतदाताले पार्टीको योगदानको कदर गर्दै इज्जत जोगाउने दाबी उनको छ ।

मन्त्री यादवले भने, ‘पार्टीले सबै शक्ति अहिले दुई नम्बर प्रदेशमा केन्द्रीत गरेको छ र यहाँबाट सय भन्दा बढी सिट जित्ने लक्ष्य जसरी पनि पूर्ति गर्नेछ ।’

उनले चुनाव निर्धारित मितिमा हुन्छ हुदैंन् भनेर दोहोरो मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन् । ‘दोहोरो मनस्थितिका कारण हामीले नकारात्मक परिणाम भोग्नु परेको हो । अब यसलाई अन्त गरौं’, यादवले भने, ‘असोज २ गते निर्वाचन गराउनमा नेपाल सरकार प्रतिबद्ध रहेको हुनाले कसैले पनि शंका गर्नु हुँदैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.