गोर्खाल्याण्ड आन्दोलन: मृत्यु हुनेको संख्या १० पुग्यो

गोर्खाल्याण्ड आन्दोलन: मृत्यु हुनेको संख्या १० पुग्यो

दार्जिलिङ : पश्चिम बंगाल अन्तरगतको दार्जिलिङसहितको क्षेत्रमा बेग्लै गोर्खाल्याण्डको माग गर्दै जारी आन्दोलनका क्रममा शनिबार दुई जनाको मृत्यु भएको छ ।

सुकुनामा भएको झडपमा परेर अजय क्षेत्रीको मृत्यु भएको मोर्चाका उपाध्यक्ष विशाल क्षेत्रीले जानकारी दिए । प्रहरीले गोली चलाउँदा गम्भीर घाइते सोनाम तामाङको साँझ उपचारका क्रममा मृत्यु भएको छ । झडपमा अन्य चार पनि घाइते भएको विद्यार्थी मोर्चाका प्रवक्ता सदिप क्षेत्रीले जानकारी दिए ।

झडपमा पछि सुरक्षाकर्मी समेत घाइते भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । प्रदर्शनकारीले प्रहरीको घेरा तोड्ने प्रयास गरेपछि प्रहरीले जथाभावी गोली चलाएको थियो । झडपमा सयाँै घाइते भएको मोर्चाले जनाएको छ । अनिश्चितकालीन बन्दको ४५ औँ दिन पुग्दा आन्दोलनकारीको ९ जनाको ज्यान गइसको छ ।
साउन २ गते पश्चिम भारतीय अर्धसैनिक बल सीआरपीएफको गोलीबाट गोर्खाल्याण्ड पक्षधर मिरिकको मकरजुङ गाउँका ४५ वर्षीय आशिष तामाङको मृत्यु भएको थियो ।

शुरक्षाकर्मीको गोलीबाट ७ जनाको मृत्यु भइसकेको छ । असार २ गते राति सडकमा हिड्दै गर्दा टाँसी भुटियाको सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको थियो। सुरज सुन्दास, समीर गुरुङको असार २४ गते, सोही घटनामा घाइते भएका अशोक तामाङ (उपचारको क्रममा) विमल गजमेर, सुनिल राई र महेश गुरुङकाको असार ३ गते प्रहरीको गोलीबाट मृत्यु भइसकेको छ ।

उपचारको साटो गोर्खाल्याण्ड माग्दै अनशनकारी
पश्चिम बंगाल सरकार अन्तरगतको दार्जिलिङ, मिरिक, खर्साङ र कोलेबुङमा गोर्खाल्याण्डको गोर्खालयाण्डका लागि नौ दिनदेखि आमरण अनसनमा बसेको युवाहरुले उपचारको साटो गोर्खाल्याण्ड दिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।

गोर्खाल्यण्डका लागि अनशन बसेको युवालाई उपचार सेवा स्वीकार गर्न पुगेका जिल्ला प्रशासनका अधिकारीलाई उपचारको साटो गोर्खाल्याण्ड दिन अनुरोध गरेका हुन् ।

कालेबुङमा अनसनरत स्टमेट रोड निवासी ४२ वर्षीय अजित रोकाको अवस्था चिन्ता जनक बनेपछि त्यहाँ पुगेका सरकारका प्रतिनिधिलाई उनीहरुले अनशन पनि नतोड्ने र उपचार पनि नलिने बताएका छन् ।

कालेबुङ अस्पतालका डाक्टर एसएन दासले रोकाको अवस्था चिन्ता जनक रहेको र जुनसुकै समयमा जे पनि हुन सक्ने बताएका छन् । गोर्खा जनमुक्ति मोर्चाको विद्यार्थी संगठनका प्रवक्ता सन्दीप क्षेत्रीले दार्जिलिङ, कालेबुङ, मिरिक र खर्साङमा अनसन बसेका १२ जना युवाको स्वास्थ अवस्था नाजुक बनेको, शरीरमा पानीको मात्रा सकिदै गएको बताएका छन् । उनका अनुसार डाक्टरले उपचार सेवा लिन आग्रह गरेपनि अनशनकारीले ज्यानको आहुती दिने तर गोर्खाल्याण्ड नआएसम्म अनशन नतोड्ने बताएका छन् ।

दार्जिलिङमा नोरजेन डुक्पा, अमित सुब्बा र राकेश क्षेत्री, कालेबुङमा राजु विश्वकर्मा, सागर दियाली र अजित रोक्का, मिरिकमा कुशल खनाल, कञ्चन क्षेत्री र धनप्रसाद सुब्बा र खरसाङमा अनोज थापा, नरेन खवास र श्रेय राई अनशन बसेका छन् ।

‘अहिले अनसनमा बसेका युवाको अवस्था चिन्ताजनक भएको छ, उनीहरुलाई बोल्न समेत समस्या भएको छ ।’ मोर्चा नेतृ शर्माले बताइन् ।

बंगाल सरकारले अनशनरत युवाको अनशन जबरजस्ती तोडाउन प्रयास गरिरहेको मोर्चाले आरोप लगाएको छ । दार्जिलिङका जिल्लापाल जोयशी दास गुप्ताले अनशन तोडाउने प्रयास गर्नेलाई कानुनी कारवाही गर्ने सूचना निकालेकी छन् । उनले अनशन तोडाउन अवरोध गर्नेविरुद्ध भारतीय ऐन अनुसार हत्याको मुद्दा चलाउने समेत चेतावनी दिएकी छन् । अनशनकारीले भने गोर्खाल्याण्डको विषयमा केन्द्र सरकारले ठोस पहल नगरेसम्म अनशन नतोड्ने अडान राखेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.