एनआरएनए १०औँ बैठक जर्मनी (फोटो फिचर)

एनआरएनए १०औँ बैठक जर्मनी (फोटो फिचर)

काठमाडौं: युरोपमा बसोबास गर्ने नेपालीको एकता र समृद्धि नेपाल कसरी निर्माण गर्न सकिन्छ भन्नेबारे छलफल गर्न जर्मनीको व्यापारिक केन्द्र फ्रयाङ्कफर्टमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को युरोपियन क्षेत्रीय बैठक सुरु भएको छ।

शनिबार सुरु भएको एनआरएनको १०औँ बैठक हो। बैठकसँगै आठौं युरोपियन क्षेत्रीय महिला सम्मेलन समेत हुँदैछ। एनआरएनएका अध्यक्ष शेष घलेले नेपाल धनी नभएसम्म विदेशमा बस्ने नेपालीले पनि सम्मान नपाउने भएकाले नेपालको समृद्धिका लागि अघि बढन आवश्यक रहेको बताए।

उनले विदेशमा सफलता प्राप्त गरेकालाई नेपालमा भित्र्याउन र उनीहरुलाई काम गर्ने वातावरण बनाउन एनरआएनएले भूमिका खेल्नु पर्ने बताए। चार वर्षको नेतृत्वमा गौरव र भावनको डोरीमा आवद्ध भएर मात्र अघि सारेको लक्ष्य पुरा नहुने उनको दाबी छ। उनले सहीदृष्टिकोण र बलियो संरचना पनि आवश्यक नभएकाले त्यसलाई कार्यान्वयन गर्न प्रतिबद्धताको आवश्यकता परेको बताए।

एनआरएनए केन्द्रका उपाध्यक्ष कुमार बस्नेतले गैर आवासीय संघ स्थापना भएको १४ वर्ष भएको र त्यसले नेपाली र नेपालको हितका लागि काम गरेको बताए।

संस्थाप्रतिको आकर्षणमा गैरआवासीय नेपाली पुस्तालाई ल्याउन र उनीहरुलाई देशको विकासमा लगाउनु चुनौती थपिएको बताए। युवा र महिला उद्यमशीलतामा आवद्ध भएकालाई व्यवसायको सञ्जालमा ल्याउनु पर्ने नेपालको आवश्यकता भएको उनको भनाइ छ। अन्य मुलुकमा जाने युवालाई नेपालमै टिकाउन नसकेसम्म देशको विकास नहुने उनले।

संस्थापक अध्यक्ष डा. उप्रेन्द्र महत्तोले नेपालीबीच एकतासँगै नेपालको समृद्धिका लागि विदेशमा बस्ने नेपाली लाग्नु पर्ने बताए। मुलुकको स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि विदेशमा बस्ने नेपालीले धेरै गर्न बाँकी रहेको उनको भनाइ छ। धनी देशको नागरिक हुन पाऊ भन्ने प्रत्येक नेपालीको सपना भएको बताए। आर्थिक विकासका नेपाली एक हुन आवश्यक भएको उनको भनाइ छ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.