'अमेरिका उत्तर कोरियाली क्षेप्यास्त्रको सीमाभित्र'

'अमेरिका उत्तर कोरियाली क्षेप्यास्त्रको सीमाभित्र'

सोल : पछिल्लो अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणलाई उत्तर कोरियाले सफल दाबी गर्दै यो अमेरिकाकालाई 'चेतावनी' दिन गरिएको परीक्षण भएको जनाएको छ ।उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले परीक्षणले उत्तर कोरियाको सारा अमेरिकाभर क्षेप्यास्त्र प्रहार गर्न सकिने क्षमता प्रमाणित गरेको गर्वका साथ बताएको कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए)ले उल्लेख गरेको छ । केसीएनएले भनेको छ, 'हाम्रा नेताले गर्वका साथ भन्नुभएको छ कि अमेरिकाको सम्पूर्ण क्षेत्र अब प्योङयाङको क्षेप्यास्त्र प्रहारको पहुँचमा आएको छ ।'

यसैबीच अमेरिकी विदेशमन्त्रीले रेक्स टिलरसनले उत्तर कोरियाली गतिविधि उत्तेजक बन्नुमा बेइजिङ र रूस दोषी रहेको आरोप लगाएका छन् । त्यस्तै पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेभीसले अमेरिका आफ्नो बचाउका लागि तयार रहेको बताए । परीक्षणपछि अमेरिकी विदेशमन्त्री टिलरसन र जापानी विदेशमन्त्री कुमिओ किसिदाबीच टेलिफोन वार्ता भएको छ ।

उत्तरका उत्तेजित गतिविधि रोक्न सम्भावित व्यापक दबाव दिनुपर्ने वार्तामा कुसिदाले अमेरिकी विदेशमन्त्रीसँग आग्रह गरेको जानकारी दिइएको छ । शनिबारको यो परीक्षणको पुष्टि गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र ४७ मिनेटसम्म उडेको र १० हजार किलोमिटरको सैद्धान्तिक दूरीको उचाइमा पुगेको जनाएको छ । जुलाईमा मात्र उत्तर कोरियाले यो दोस्रो अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसलाई 'उत्तर कोरियाली शासकको अविवेकी र खतरनाक कदम' भन्ने प्रतिक्रिया दिएका छन् । अमेरिका, जापान र दक्षिण कोरियाले प्योङयाङको पछिल्लो कारबाहीको भत्र्सना गरेका छन् । जापानी प्रधानमन्त्री सिन्जो आबेले क्षेप्यास्त्र परीक्षण आफ्नो मुलुकका लागि गम्भीर खतरा भएको बताए । त्यसैगरी दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले मध्यरातमा आपत्कालीन सुरक्षा बैठक बोलाई छलफल गरेका छन् । - रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.