बिमा कम्पनीहरूको प्रिमियम साढे ५६ अर्ब

बिमा कम्पनीहरूको प्रिमियम साढे ५६ अर्ब

काठमाडौं : बिमा कम्पनीहरूले आर्थिक वर्ष २०७३÷७४ मा ५६ अर्ब ५६ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । गत असार अन्त्यसम्म जीवन बिमाबाट ३८ अर्ब ४० करोड र निर्जीवन बिमाबाट १८ अर्ब १६ करोड रुपैयाँ प्रिमियम संकलन भएको हो । अघिल्लो आवमा यस्तो प्रिमियम ४६ अर्ब ५६ लाख रहेको बिमा समितिले जानकारी दिएको छ । अघिल्लो आवको तुलनामा गएको आवमा १० अर्ब बढी प्रिमियम संकलन भएको छ । पछिल्लो समयमा जोखिम बढ्दै जाँदा मानिसले बिमा गर्नुपर्ने आवश्यकता महशुस गर्न थालेका छन् । बिमा समितिका कार्यकारी निर्देशक श्रीमान् कार्कीले विस्तारै उकालो लाग्दै गरेको बिमा बजार भूकम्पयता अझ बढ्न सहयोग मिलेको जानकारी दिए ।

एनएलआईसी अगाडि

जीवन बिमा कम्पनीले अघिल्लो आवको तुलनामा गएको आवमा २० प्रतिशतले प्रिमियम बढाएका छन् । नौवटा जीवन बिमा कम्पनीले गत आर्थिक वर्ष बजार वृद्धि गरेर ३८ अर्ब ४० करोड प्रिमियम (बिमा शुल्क) संकलन गरेका हुन् । यी कम्पनीले आर्थिक वर्ष २०७२÷७३ मा जम्मा ३१ अर्ब ९७ करोडको प्रिमियम संकलन गरेका थिए ।

पहिलोपटक जीवन बिमा गर्नेबाट गएको आवमा १० अर्ब ५६ करोड प्रिमियम संकलन भएको छ भने अघिल्लो आवमा यस्तो प्रिमियम साढे नौ अर्ब संकलन भएको थियो । नौवटा बिमा कम्पनीमध्ये नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा बढी १२ अर्ब प्रिमिय संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १७ प्रतिशत बढी प्रिमियम संकलन गरेको हो । कुल प्रिमियममा नेपाल लाइफ इन्सुरेन्स कम्पनीले मात्रै साढे ३७ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा १० अर्ब २५ करोड प्रिमियम संकलन गरेको थियो ।

धेरै प्रिमियम संकलन गर्ने अर्को कम्पनीका लाइफ इन्सुरेन्स कर्पाेरेसन नेपाल परेको छ । यो कम्पनीले आठ अर्ब ८० करोड रुपैयाँ प्रिमियम संकलन गरेको हो । यसले आफ्नो बजार २५ प्रतिशतले वृद्धि गरेको देखिन्छ । यस्तै, तेस्रो धेरै प्रिमियम संकलन गर्ने कम्पनीमा नेसनल लाइफ इन्सुरेन्स सूचीकृत भएको छ ।

उक्त चार अर्ब ९५ करोड प्रिमियम संकलन गरेको हो । नेसलन लाइफ इन्सुरेन्स कम्पनीले बजार हिस्सा २९ प्रतिशतले बढाएको देखिन्छ । कम्पनीले अघिल्लो आवमा तीन अर्ब ८४ करोड प्रिमियम संकलन गरेको थियो । जीवन बिमा कम्पनी बजारलाई आठ प्रतिशतदेखि २९ प्रतिशतसम्म विस्तार गर्न सफल भएका छन् । राष्ट्रिय बिमा संस्थानको बजार अघिल्लो आवको तुलनामा आठ प्रतिशतले मात्रै बढेको छ भने नेसनल लाइफ इन्सुरेन्सले २९ प्रतिशतले बजार बढाएको छ ।

 

९८ प्रतिशत बढ्यो निर्जीवन कम्पनीको प्रिमियम

आर्थिक वर्ष २०७३÷७४ मा निर्जीवन बिमा बजार २९.४६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १६ वटा निर्जीवन बिमा कम्पनीले १८ अर्ब १६ करोड ९७ लाख रुपैयाँ बिमा शुल्क (प्रिमियम) संकलन गरेको बिमा समितिको तथ्यांक छ । आर्थिक वर्ष २०७२÷७३ मा ती कम्पनीले १४ अर्ब ३ करोड ४९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।

गएको आवमा सबैभन्दा बढी बिमा शुल्क शिखर इन्सुरेन्स कम्पनीले आर्जन गरेको छ । यो कम्पनीले दुई अर्ब ७७ करोड ४७ लाख रुपैयाँ प्रिमियम आर्जन गरेको हो । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.४२ प्रतिशत बढी हो ।

बिमा शुल्क आर्जनका हिसाबले सिद्धार्थ इन्सुरेन्स कम्पनी दोस्रो स्थानमा सूचीकृत भएको छ । यस कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब ५० करोड २५ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २८.८८ प्रतिशत बढी हो । कम्पनीले अघिल्लो आवमा एक अर्ब १६ करोड ५८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

बिमा शुल्कका आधारमा सगरमाथा इन्सुरेन्स कम्पनी तेस्रो स्थानमा छ । यस कम्पनीले गत आर्थिक वर्ष एक अर्ब ४० करोड ९२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २६.७२ प्रतिशत बढी हो । उक्त कम्पनीले समीक्षा वर्षमा एक अर्ब ११ करोड १२ लाख प्रिमियम संकलन गरेको थियो ।

पहिलो स्थानमा रहेको शिखर र दोस्रो स्थानमा रहेको सिद्धार्थ इन्सुरेन्सबीचको बिमा शुल्क आर्जनअन्तर एक अर्ब २७ करोड रुपैयाँ छ । तर, दोस्रो स्थानमा रहेको सिद्धार्थ र तेस्रो स्थानमा रहेको सगरमाथा इन्सुरेन्सबीचको बिमा शुल्क आर्जनअन्तर करिब १० करोडमात्रै छ ।

बिमा शुल्क आर्जनतर्फ सबैभन्दा उच्च दरको वृद्धि एनबी इन्सुरेन्सले गरेको छ । यसले अघिल्लो आर्थिक वर्षको तुलनामा ९८.५ प्रतिशतले वृद्धि गरी ६९ करोड ४७ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । नेको इन्सुरेन्सले ५० दशमलव ३९ प्रतिशतको वृद्धि हासिल गरी एक अर्ब ३६ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको छ ।

१६ वटा निर्जीवन बिमा कम्पनीमध्ये नौवटा कम्पनीले एक अर्बभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् । त्यसमा शिखर, सिद्धार्थ, सगरमाथा, एनएलजी, नेको, प्रिमियर, प्रुडेन्सियल, हिमालयन जनरल, लुम्बिनी जनरल इन्सुरेन्स कम्पनी छन् ।
नेपाल इन्सुरेन्स कम्पनी, दी ओरिएन्टल इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स, युनाइटेड, एभरेस्ट, प्रभु, एनबी इन्सुरेन्सको प्रिमियम अर्बभन्दा कम छ ।

पुनर्बिमातर्फ नेपाली बजारमा एकाधिकार प्रयोग गर्दै आएको नेपाल पुनर्बिमा कम्पनीको बजार भने २२ दुई ३२ प्रतिशतले मात्र बढेको छ । यस कम्पनीले दुई अर्ब नौ करोड रुपैयाँको प्रिमियम संकलन गरेको छ । अघिल्लो वर्ष कम्पनीले एक अर्ब ७१ करोड बिमा शुल्क संकलन गरेको थियो ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.