'बाघ आयस्रोतको माध्याम बन्न सक्छ'

'बाघ आयस्रोतको माध्याम बन्न सक्छ'

काठमाडौं : वासस्थान व्यवस्थापन बाघ संरक्षणमा मुख्य चुनौतीका रूपमा देखिएको छ । डढेलो, वन अतिक्रमण, विकास निर्माणले वन मासिनु आदि बाघ संरक्षणमा चुनौती भएको विज्ञ बताउँछन् । ‘स्वच्छ पर्यावरणका लागि बाघको संरक्षण’ भन्ने नारासहित शनिबार सातौं अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने क्रममा उनीहरूले वासस्थान व्यवस्थापनमा सुधार गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् । त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र विभाग प्रमुख प्रा. रमेश शाक्यले बाघ जंगलमा रमाउने प्राणी भएकाले वासस्थानमा असर पुर्‍याए अन्यत्र सर्ने, त्यसपछि आहारा नपाएपछि मर्न पनि सक्ने बताए ।

जलवायु परिवर्तनका कारण पनि अहिले बाघले वासस्थान परिवर्तन गर्ने अवस्था देखिएको उनीहरूको भनाइ छ । वासस्थानसँगै घाँसे मैदान, पोखरी व्यवस्थापन अनि तस्कर नियन्त्रण गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन् । सबैभन्दा बढी बाघ पाइएको चितवन राष्ट्रिय निकुञ्जले अघिल्लो वर्ष विश्वमै बाघ संरक्षण क्षेत्रमा उत्कृष्ट ‘क्याट अवार्ड’समेत पाएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सह-सचिव महेश्वर ढकालले चोरी–सिकार, बाघप्रति जनचेतनामा कमी, मान्छेसँग द्वन्द्व बढ्नु आदि पनि बाघ संरक्षणमा चुनौतीका रूपमा रहेको बताए । बाघ वृद्धि हुँदा पर्यटकको संख्या बढ्ने भएकाले यसलाई आयस्रोतको माध्यम बनाउनुपर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष पुष्कर सिंहको धारणा छ । अध्यक्ष सिंहले बाघ पर्यावरणसँग मात्र सम्बन्धित नभई आर्थिकोपार्जनको माध्यमसमेत भएको बताए ।

‘बाघ आफूमा लजालु र मानिस देखे भाग्ने जनावर हो’, उनले भने, ‘जम्काभेट हुँदा मात्र आक्रमण गर्छ ।’ बाघको संख्या वृद्धिका लागि सन् २०१६ मा बाघ संरक्षणसम्बन्धी रणनीतिक योजना बनाएर काम गरिरहेको विभागले जनाएको छ । बाघको संरक्षण हुँदा पर्यावरणीय विकासका साथै आर्थिक वृद्धि अनि जैविक मार्गको संरक्षण हुने विभागको विश्वास छ । सरकारले मानवीय द्वन्द्वमा कमी ल्याउन क्षतिपूर्तिको दर बढाएको छ । बाघको आक्रमणबाट मृत्यु भए १० लाख, घाइते भए दुई लाख, चौपाया मरे ३० हजार क्षतिपूर्तिस्वरूप तोकिएको छ । साइटिस ऐनले बाघ मार्नेलाई पाँचदेखि १० लाख र पाँचदेखि १५ वर्षसम्म जेल सजायको व्यवस्था गरेको छ ।

सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने १३ मुलुकको सम्मेलनले बाघ दिवस मनाउने निर्णय गरेको थियो । सन् २०२२ सम्ममा बाघको संख्या पाँँच हजार सात सय ८५ पुर्‍याउने लक्ष्य लिइएको छ । नेपालमा सन् २०१३ मा बाघको संख्या एक सय ९८ पुगेको थियो भने २०२२ सम्ममा दुई सय ५० पु¥याउने लक्ष्य छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.