साथी अपहरण गर्ने शिक्षक पक्राउ

साथी अपहरण गर्ने शिक्षक पक्राउ

मलंगवा : आफ्नै साथीको अपहरणमा संलग्न एक शिक्षकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। जिल्ला मालपोत कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा रामजी राय यादवको अपहरणमा संलग्न चक्रघट्टा गाउँपालिका-२ बेल्हीका ४७ वर्षीय वीरेन्द्र ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक पुरषोत्तम कार्कीले जानकारी दिए।

ठाकुर सर्लाहीको धनगढा माध्यमिक विद्यालयका प्राथमिक विद्यालयका शिक्षक हुन् । आर्थिक प्रलोभनमा परि ठाकुरले केही व्यक्तिहरुसँग मिलेर साउन १२ गते बिहीबार आफ्नै साथी नायब सुब्बा रामजी राय यादवलाई महोत्तरी सदरमुकाम जलेश्वरबाट अपहरण गरी भारतको सोनवर्षा थाना क्षेत्र अन्तर्गतका पर्छैया गाउँमा राखेका थिए ।

भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले फर्छैया ११ स्थित मन्जुर शेखको घरमा रायलाई हात मुख बाधेर राखेको अवस्थामा अपहरण मुक्त गराएको प्रहरी निरीक्षक कार्कीले बताए।

अपहरणकारीहरुले २८ लाख भारतीय रुपैया फिरौती माग गरेको थिए। अपहरीत रायको परिवारले फिरौती दिन नसकेपछि १० लाखको चिठ्ठी रायको श्रीमती द्रोप्ती कुमारी यादवको नाउँमा लेख्न लगाई सो चिठ्ठी बिरेन्द्र ठाकुरले नै घरमा दिएका थिए। उनले घरमा पैसा माग्दा परिवारले प्रहरीमा सूचना दिएपछि हुँदा ठाकुर पक्राउ परेका हुन्।

अपहरणमा पर्ने राय र योजनाकार ठाकुर दुवै जना साथी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक घटनास्थल महोत्तरीको जलेश्वर भएकोले ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोतरी पठाईएको छ भने भारतीय अपहरणकारीलाई भारतीय प्रहरीले नियन्त्रण लिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.