भलिबल संघद्वारा माओवादी अध्यक्ष प्रचण्डलाई सम्मान

भलिबल संघद्वारा माओवादी अध्यक्ष प्रचण्डलाई सम्मान

काठमाडौं : नेपाल भलिबल संघले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'लाई सम्मान गरेको छ।

आइतबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा संघका पदाधिकारीहरुले भलिबललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेकोमा अध्यक्ष प्रचण्डलाई सम्मान गरेको हो। भेटमा संघका अध्यक्ष मनोरञ्जन शर्माले प्रचण्डको प्रधानमन्त्रीत्व काल भलिबल खेलका लागि स्वर्णिम काल भएको भन्दै अब नेपालको भलिबल खेलमा गुणात्मक प्रगति हुने बताए।

अध्यक्ष प्रचण्डले नेपालको माटो र हावापानी सुहाउँदो एवं लोकप्रिय खेल भएकाले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिइएको उल्लेख गर्दै त्यतिले मात्र राज्यको जिम्मेवारी पुरा नहुने बताए।

अध्यक्ष प्रचण्डले भने, ‘नेपालको राष्ट्रिय खेलले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव राख्न सकेन। त्यसको बिकल्प के हुन सक्ला भन्ने विचार गरेर नै हामीले भलिबललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेका हौं। भलिबललाई राष्ट्रिय खेलको रुपमा स्थापित गर्न राज्यले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता, खेलाडीहरुको विकास र पूर्वाधार निर्माणमा विशेष ध्यान दिन जरुरी छ।'

पूर्व खेलकूदमन्त्री दलजीत श्रीपाइलीले भलिबल खेलको विकासका लागि आफ्नो कार्यकालमा गरिएका कामहरुले निरन्तरता पाउने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.