दुर्घटनामा चालकको मृत्यु

दुर्घटनामा चालकको मृत्यु

विराटनगर: पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी नगरपालिका ३ मा भएको दुर्घटनामा परेर आइतबार मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका को १९ प ९९५६ नम्बरको मोटरसाइकलका चालक पाँचथरको थर्पु गाउँपालिका ४ का ३० वर्षीय छवि भट्टराईको उपचारका क्रममा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ख २१८० नम्बरको यात्रुबहाक बसले शनिबार विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिंदा चालक भट्टराई घाइते भएका थिए ।

घाइते चालकलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पतालमा भर्ना गरिए पनि उपचारका क्रममा आइतबार उनको मृत्यु भएको हो। मोटरसाइकलको पछाडि सवार छविका भाई २४ वर्षीय उमेश भट्टराई गम्भीर घाइते भएका थिए ।

न्यूरो अस्पतालमै उमेशको पनि उपचार भइरहेको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायव निरीक्षक किरण प्रसाईले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.