पर्वत महोत्सवमा डेढ करोडको कारोबार, ५९ लाख बचत

पर्वत महोत्सवमा डेढ करोडको कारोबार, ५९ लाख बचत

कुश्मा : पर्वत उद्योग बाणिज्य संघले गत आर्थिक वर्षमा आयोजना गरेको पाँचौ पर्वत महोत्सवमा झण्डै डेढ करोडको कारोबार भएको छ। “समृद्ध पर्वत, हाम्रो चाहना” भन्ने नाराका साथ गरिएको महोत्सवबाट रु १ करोड ४५ लाख भन्दा बढिको कारोबार भएको हो।

पश्चिमाञ्चल क्षेत्रीय औधोगिक व्यापार मेला एवं पाँचौ पर्वत महोत्सव–२०७३ बाट रु ५९ लाख ४७ हजार ९ सय ३७ रुपैंया बचत गरेको उद्योग बाणिज्य संघले आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ। संघले माघ १३ देखि २२ सम्म आयोजना गरेको उक्त महोत्सवबाट रु.१ करोड १७ लाख १२ हजार ५ सय ८ रुपैंया आम्दानी भएको जनाएको छ।

आम्दानी भएको मध्ये रु.८९ लाख ८३ हजार ५ सय ३३ रुपैंया उठिसकेको र २७ लाख २८ हजार ९ सय ७५ रुपैंया उठ्न बाँकी रहेको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिए। त्यस्तै महोत्सव शुरु हुनु अघिदेखि सो अवधिभरमा ५७ लाख ६४ हजार, ५ सय ७१ रुपैंया खर्च भएको आयोजक संघले जनाएको छ।

संघले स्टल निर्माण, मञ्च व्यवस्थापन, अतिथि सम्मान, कलाकार, पत्रपत्रिका, रेडियो तथा अन्य प्रचारप्रसार, होटल, टिकट, बजार साजसज्जा, विद्युत, जेनेरेटर, स्टेशनरी, बाजागाजा–वाद्यवादन, फूलमाला, साउण्टसिष्टम, सुरक्षा, विभिन्न विद्याका पुरस्कार लगायतकामा सो खर्च भएको जनाएको हो। संघले यस अघि आयोजना गरेका महोत्सवमा भन्दा यस पटक धेरै रकम बचत गर्न सफल भएको अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए।

‘हामीले यस अघि पनि ४ वटा महोत्सव आयोजना गरेका थियौं, शर्माले भने, ‘तर ति सबै महोत्सवमा भन्दा यस पटक धेरै रकम बचत गर्न सफल भयौं।' महोत्सवबाट बचत भएको उक्त रकमले रु २५ लाख बराबरको बहुउद्धेश्यीय कोष खडा गर्ने र त्यसवाट बार्षिक रुपमा जिल्लामा उत्कृष्ट पेशा व्यावसाय र सामाजिक काम गर्नेहरुलाई सहयोग गर्ने योजना रहेको छ। त्यस्तै खेलमैदान, सिटी हल र कोल्ड स्टोर जस्ता महत्वपुर्ण संरचना निर्माण गरिने बरिष्ठ उपाध्यक्ष गोपि अधिकारीले जानकारी दिए।

महोत्सव पर्यटकीय क्षेत्रको प्रवद्र्वन, ऐतिहासिक स्थलहरुको प्रचार प्रसार, जिल्लामा उत्पादित वस्तुहरुको प्रवद्र्धन, लोक संस्कृतिको संरक्षण, स्थानीय उत्पादन उद्योग, व्यापार र व्यवसायको विस्तार गर्दै प्रदेश नं ४ को मुख्य पर्यटकीय नगरी अन्तर्गत कुश्मा बजारलाई पनि स्थापित गर्ने उद्देश्यका साथ संचालन गरिएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.