छोरा साउदीको जेलमा,७० बर्षीय पिताको उच्च शिक्षा पढने रहर

 छोरा साउदीको जेलमा,७० बर्षीय पिताको उच्च शिक्षा पढने रहर

काठमाडौं : ७० बर्षीय दुर्गे कामीले आफूलाई उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग उनकै कार्यकक्ष सिंहदरबारमा आइतबार भेट गरी कामीले उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाई दिन अनुरोध गरेका हुन् ।

परराष्ट्र मन्त्रालायमा मन्त्री महरालाई भेटी स्याङ्जाको श्री काला भैरव माविबाट एसइई परीक्षा पास गरेको जानकारी गराउँदै कामीले थप अध्ययनका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।

दुर्गे कामीले मन्त्री महरासँग भने, ‘मलाई ११–१२ कक्षा पढ्ने इच्छा छ, यसका लागि सहयोग आग्रह गर्न चाहन्छु ।’ आफू सानो छँदा विद्यालय जान नपाएको गुनासो पनि उनले मन्त्री महरालाई सुनाए ।

जवाफमा उपप्रधानमन्त्री महराले कामीको शिक्षाप्रतिको आकांक्षालाई सम्बोधन गर्ने आश्वासन दिँदै अध्ययनका लागि आवश्यक पर्ने वातावरण मिलाउन पहल गर्ने जवाफ दिए ।

एसइई परीक्षा उत्तीर्ण गरेकोमा कामीलाई बधाई दिदै मन्त्री महराले अध्ययनमा निरन्तर लाग्न प्रेरणा दिए । दुर्गे कामी ६ जनाका पिता तथा आठ जना नातिनातिनाका हजुर बुबा हुन । कामी शिक्षक बन्न चाहन्छन् ।

सोही अवसरमा दुर्गे कामीले आफ्नो छोरा नरेन्द्र सुनार विक, साउदीको जेलमा रहेको जानकारी गराउँदै नेपाल फिर्ता ल्याउने पहल गरिदिन पनि अनुरोध गरे । वैदेशिक रोजगारीको शिलशिलामा साउदी गएका छोरा विगत तीन वर्षदेखि जेलमा रहेको पनि कामीले बताए । के कारण आफ्नो आफ्नो छोरा जेलमा परेको हुन थाहा नभएको पनि कामीले बताए ।

परराष्ट्रमन्त्री महराले नरेद्रको वास्तविक अवस्थाका विषयमा जानकारी लिने र नेपाल ल्याउन पहल गर्ने जवाफ दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.