शिलान्यास गरेको १८ वर्षमा पनि बनेन गणेशमान वाटिका

शिलान्यास गरेको १८ वर्षमा पनि बनेन गणेशमान वाटिका

भक्तपुर : सूर्यविनायक नगरपालिका-६, कटुञ्जेस्थित सुवर्णेश्वर डाँडामा लौहपुरुष गणेशमान सिंहको पूर्ण कदको सालिकसहितको वाटिका अझै बन्न सकेको छैन ।साविक कटुञ्जे गाविस वडा नम्बर ६ स्थित एक सय ४८ रोपनी क्षेत्रफलमा फैलिएको डाँडामा सिंहको नाममा वाटिका निर्माणका लागि तीन वर्षअघि गुरुयोजना बनाइएको थियो ।

त्यसका लागि सरकारले उक्त जग्गा स्थानीय गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिलाई उपलब्ध गराएको थियो । समितिले भने साख समूहका प्रभातप्रकाश साखसँगको साझेदारीमा वाटिका बनाउने सम्झौता गरेको थियो । साखले सम्झौताअनुसार भक्तपुरकै मेथड कन्सल्ट्यान्टमार्फत करिब १२ करोड लागत लाग्ने गरी वाटिकाको गुरुयोजना निर्माण गरेका थिए ।

समितिले साखसँग बढीमा पाँच वर्षभित्र निर्माण अवधि राखेर थप ३५ वर्षका लागि उक्त जग्गा भाडामा दिने सम्झौता गरेको थियो । साखले गुरुयोजनाअनुसार नै वाटिका निर्माण कार्य अघि बढाएका थिए । तर, उनको निधन हुँदा प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमान्डर सिंहको जीवनीमा आधारित वाटिका निर्माण ठप्प हुन पुगेको हो ।

मेथडले सिंहको जन्मदेखि सरकारी जागिर खाएर छोडेको, उच्च शिक्षा हासिल गर्न भारतको कोलकाता गएको, त्यहीं राजनीतिक संगठनमा आवद्ध भएको, राणा शासनविरुद्ध संघर्ष गरेको, प्रजातन्त्र प्राप्त भएको घटनाक्रमलाई उजागर गर्ने भौतिक संरचनासहितको गुरुयोजना बनाएको थियो । त्यस्तै, राणाशासन अन्त्यसँगै पुनः पञ्चायती शासन आएको, पञ्चायतविरुद्ध संघर्ष गर्दा जेल परेको र जेल फोडेर भागेको घटना, प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको, प्रधानमन्त्री पद अस्वीकार गरेको, कांग्रेस पार्टी त्यागेकोलगायत घटनालाई उजागर गर्ने भौतिक संरचना वाटिकाभित्र निर्माण हुने गरी गुरुयोजना बनाइएको मेथडका प्रबन्ध निर्देशक इन्जिनियर तुलसीलाल बासुकलाले बताए ।

गुरुयोजनाअनुसार वाटिका निर्माण हुन सके गणेशमान सिंहबारे जान्न र बुझ्न अन्यत्र जानै पर्दैन । गणेशमानसँग सम्बन्धित सम्पूर्ण घटना र त्यसको प्रतीक वाटिकाभित्रै पाउन सकिनेछ ।' -तुलसीलाल बासुकला प्रबन्ध निर्देशक, मेथड कन्सल्ट्यान्ट

'वाटिकालाई मनोरञ्जन गर्ने स्थलका रूपमा लिइन्छ', प्रबन्ध निर्देशक बासुकलाले भने, 'तर, गुरुयोजनाअनुसार वाटिका निर्माण हुन सके स्व. गणेशमान सिंहबारे जान्न र बुझ्न अन्यत्र जानै पर्दैन । गणेशमानसँग सम्बन्धित सम्पूर्ण घटना र त्यसको प्रतीक वाटिकाभित्रै पाउन सकिनेछ ।' साखको निधनसँगै गुरुयोजनाअनुरूप काम हुन नसकेको उनको भनाइ छ ।

'वाटिकाभित्र गणेशमानको पूर्ण कदको प्रतिमा मात्र होइन, संग्रहालय र पुस्तकालयको निर्माण गर्ने गुरुयोजना बनाएका थियौं', उनले भने, 'वाटिका नेपालको प्रजातान्त्रिक आन्दोलनको अध्ययन-अनुसन्धान केन्द्रसमेत सावित हुन्थ्यो । तर, वाटिका निर्माण सुरु नहुँदै ठप्प हुन पुग्नु दुर्भाग्य हो ।'

२०७१ साल असारमा वाटिका निर्माण गर्ने सम्झौता भएको थियो । साखको निधनसँगै समिति वाटिका निर्माणमा लागिपरेको छ । गुरुयोजनालाई भने बेवास्ता गरिएको उनले गुनासो गरे । समितिले सांसदहरू रामेश्वरप्रसाद ढुंगेल, मनमोहन भट्टराई र दिनेश श्रेष्ठको संसद् क्षेत्र विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम क्षेत्र नम्बर २ को बजेटबाट भौतिक संरचना निर्माण अघि बढाएको हो । सांसदहरूले निर्माण भइसकेको सिंहको सालिकका लागि पनि ४१ लाख बजेट छुट्ट्याएका छन् । सालिक निर्माणस्थलका लागि २४ लाख छुट्ट्याइएको छ । वाटिका प्रवेश गर्ने सिंढी सुधारका लागि नगर विकास प्राधिकरणले थप २५ लाख बजेट छुट्ट्याएको छ । 'हामीसँग पहिल्यै गुरुयोजना छ', उनले भने, 'तर, समितिले त्यसलाई उपेक्षा मात्रै गरेन, वाटिका निर्माणका नाममा प्राकृतिक अवस्थितिलाई कुरूप बनाउन लाखौं रुपैयाँ खर्च गर्नु दुर्भाग्य हो ।'

१८ वर्षमा प्रतिमासमेत ठडिएन

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले १८ वर्षअघि सोही स्थानमा गणेशमान सिंहको पूर्ण कदको सालिक निर्माणको शिलान्यास गरेका थिए । तर, अहिलेसम्म सालिक निर्माण हुन सकेको छैन । साखसँगको सम्झौतामा सिंहको जन्म शताब्दीको अवसर पारेर २०७२ साल कात्तिक २४ गते सालिक अनावरण गर्ने लक्ष्य लिइएको थियो । उक्त लक्ष्यअनुसार प्रस्तर सालिकसमेत बनाइएको थियो तर उक्त सालिक पनि ठडिन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.