अस्ट्रेलियामा विमान खसाल्ने योजना असफल

अस्ट्रेलियामा विमान खसाल्ने योजना असफल

सिड्नी : अस्ट्रेलियाको राजधानी सिड्नीमा एक विमानलाई उडिसकेपछि खसाल्ने गरी बनाइएको भनिएको आतंकवादी योजनालाई निस्तेज पारिदिएको जनाइएको छ ।अस्ट्रेलियाका प्रधानमन्त्री म्याल्कोम टर्नबुलले आइतबार उक्त जानकारी गराएका हुन् । उनले प्रतिआतंकवाद प्रहरीले उक्त योजनाअगावै त्यसबारेमा पत्ता लगाएको र विमान खसाल्ने एउटा योजनालाई विफल बनाइदिएको बताएका हुन् । गतराति उनीहरूले यस्तो योजना बनाएर त्यसमा संलग्नहरूको खोजी गरेका थिए । प्रहरीले त्यसमा संलगन भएको आशंकामा सिड्नी क्षेत्रमा चारवटा घरमा छापा मारेर केहीलाई पक्राउ पनि गरेको छ । आइतबार बिहान प्रहरीले चारजनालाई गिरफ्तार गरेको जनाएको छ ।

यस विषयमा अनुुसन्धान सुरु गरिएको छ । अनुसन्धानकर्ताहरूले उक्त हमलाको तयारीमा विस्फोटक सामग्रीको प्रयोग गर्ने योजना बनाइएको थाहा भएको बताएका छन् । उक्त आतंकवादी हमला सार्वजनिक भएपछि अस्ट्रेलियाका सबै विमानस्थलमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । अस्ट्रेलियाको प्रहरीले विस्फोटक सामग्री प्रयोग गरी विमानलाई विस्फोटन गराउन लागिएको सूचनाका आधारमा गरिएको खोजीमा उक्त खतरनाक योजनाको पर्दाफास भएको जनाएको छ ।

प्रधानमन्त्री टर्नबुलले आतंकवादविरोधी कारबाहीअन्तर्गत उक्त योजना विफल बनाउन प्रहरी सफल भएको भन्दै अब विमानस्थलमा सुरक्षा व्यवस्था निकै कडा बनाइने जानकारी दिएका छन् । भारी हातहतियारले सुसज्जित प्रहरी र अस्ट्रेलियाको घरेलु गुप्तचर निकायका सदस्यहरूले सिड्नीका विभिन्न ठाउँमा छापा मारेर ती चारजनालाई पक्राउ गरेका थिए । उक्त सम्भावित आक्रमणको बारेमा भने प्रहरीले केही बताएको छैन । त्यसको जोखिम कत्तिको थियो एवं खसाल्न खोजिएको भनिएको उक्त विमान अन्तर्राष्ट्रिय उडनको थियो कि राष्ट्रिय उडान भन्ने बारेमा पनि स्पष्ट खुलासा गरिएको छैन । सिड्नी शहरका साथै विमानस्थलमा पनि थप सुरक्षा सतर्कता कायम गरिएको छ । त्यसैगरी देशका अरू विमानस्थल र भूभागमा पनि थप सुरक्षाकर्मी खटाइएको छ ।

प्रधानमन्त्री टर्नबुलले यात्रुहरूलाई धैर्य धारण गर्न आग्रह गरेका छन् । उनले आत्मविश्वासका साथ काम गर्न सबै सुरक्षाकर्मी र काममा जाने सबै नागरिकलाई पनि आग्रह गरेको बताइएको छ । अस्ट्रेलियामा यसअघि पनि आतंकवादी हमलाको प्रयास भएको बताइएको थियो । आतंकवादको हमलाको जोखिम रहेको भनी यसअघि पनि समाचार आएको बताइएको थियो । —रासस÷एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.