जुडोमा नेपाललाई दुई कांस्य

जुडोमा नेपाललाई दुई कांस्य

काठमाडौं : थाइल्यान्डमा जारी थाइल्यान्ड इन्टरनेसनल नर्थ बैंकक युनिभर्सिटी जुडो च्याम्पियनसिप-२०१७ मा नेपाली खेलाडी इन्द्रबहादुर श्रेष्ठ र उमेश मगरले कांस्य पदक प्राप्त गरेका छन् । इन्द्रले नौ राष्ट्रको सहभागिता रहेको ६६ केजी तौलसमूहमा फिलिपिन्सका मेरालेस नाथानिइललाई २.२० सेकेन्डमा वाजारी र इप्पोनमा पराजित गर्दै कांस्यपदक प्राप्त गर्न सफल भएको जानकारी प्रशिक्षक सूर्यनारायण श्रेष्ठले दिए ।

इन्द्र पहिलो चरणमा भने आयोजक थाइल्यान्डका फुयनसुक कवेतलाई १.२२ सेकेन्डमा वाजारी इपोन स्कोरमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेका थिए । क्वार्टरफाइनलमा हङकङका खेलाडी चोइसिङ योङलाई वाजारी इप्पोनमा पराजित गरेका थिए । उनी सेमिफाइनलमा यूएईका ओक्सिवाई अलिखानसँग पूरा समय खेल्दै वाजारीको आधारमा पछि परेका थिए ।

यसैगरी ६० केजी तौलसमूहमा उमेशले क्यामरुनका खेलाडीसँग पराजित हुँदै कांस्य पदक जिते । उनी पहिलो चरणको खेलमा थाइल्यान्डका खेलाडी जाइवान कुराकोरनलाई वाजारी इप्पोनमा पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका थिए । क्वाटरफाइनलमा भियतनामी खेलाडी न्गुयन होङसँग गोल्डेन स्कोरमा पराजित भएका उमेशले रिपाचेजमा थाई खेलाडीबाट वाकओभर पाएका थिए । यसैगरी महिला ५७ केजी तौलसमूहमा नेपालकी मनिता श्रेष्ठ प्रधान थाइल्यान्डकी खेलाडी वारासिहा युरिकोसँग इप्पोनमा पराजित भइन् ।

दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदकधारी फुपूल्हामु खत्री भने पराजित भएकी छन् । महिला ६३ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेकी फुपू आइतबार थाइल्यान्डकी खेलाडी सेनाथन ओरापिनसँग पूरा समय खेल्दै पराजित भइन् । अर्की नेपाली खेलाडी सुनिता ताम्राकार पनि ७० केजी तौलसमूहमा असफल भइन् । पहिलो चरणमा आयोजक राष्ट्रकी खेलाडी थाम्माफोरन अनोन्गनतलाई हराएर क्वार्टरफाइनलमा प्रवेश गरेकी सुनिता क्वार्टरफाइनलमा लाओसकी खेलाडी थिफाकोन सिहामोङसँग हारिन् । उनी कांस्य पदकका लागि भएको रिपाचेजमा भियतनामकी खेलाडी थ्रुओङ थी थानह थाउसँग पराजित भइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.