अनुशासन पर्वको थालनी गर्नुपर्छ : केसी
चितवन : नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले गुट–उपगुटले पार्टीभित्र विभाजन आएको भन्दै संस्थागत रुपमा पार्टी परिचालन गर्नुपर्ने बताए । उनले यो क्रम अन्त्य नभए यसको असर आउदो चुनावमा पनि देखिने जनाए । पार्टीलाई संस्थागत विधिबाट चलाउनुपर्ने भन्दै नेता केसीले नयाँ अनुशासनको पर्वको थालनी गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गुटबन्दी नै पराजयको आन्तरिक समस्या भएको बताउदै सबै तहले विधिको पालना गर्नुपर्नेमा जोड दिए । ‘गुट–उपगुटले हामी अति विभाजित भयौ, यसको अन्त्य गर्न नयाँ अनुशासन पर्वको थालनी गर्नुपर्ने बेला आएको छ’ केसीले भने ‘पार्टीलाई संस्थागत, नीतिसंगत र अनुशासित गर्नु अहिलेको आवश्यकता हो ।
हारको विश्लेषण र समीक्षा गरी आगामी निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह गरे । नेता केसीले भरतपुर महानगरपालिका १९ मा पुन मतदान गर्न अदालतले दिएको आदेशको काग्रेसले पालना गर्ने बताए ।