राजपा,फोरम र संघीय समाजवादीसँग गठबन्धन बनाउने प्रचण्डको चाहना

राजपा,फोरम र संघीय समाजवादीसँग गठबन्धन बनाउने प्रचण्डको चाहना

बर्दिबास : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ को स्थानीय तहको चुनावमा मधेश केन्दित दलसंग आफनो पार्टीले गठबन्धन बनाएर चुनाव लड्ने बताएका छन् । चुनावी तयारीको प्रशिक्षणका लागि जनकपुर जानेक्रममा सोमबार महोत्तरीको बर्दिबासमा संचारकर्मीहरुसंग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन ।
‘चुनावमा संघीय लोकतान्त्रिक शक्तिबीच दलीय गठबन्धन बनाएर चुनावमा जाने हामीले निर्णय नै गरेका छौं,’अध्यक्ष प्रचण्डले भने,‘तर, प्रदेश नम्बर २ मा राजपा, लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरमसंग मिलेर चुनावमा जाने हाम्रो बिशेष जोड छ ।’
तेस्रो चरणको चुनावमा राजपालाई सहभागी गराउनु पर्नेमा अध्यक्ष प्रचण्डले जोड दिए । उनले भने ,‘राजपालाई सहभागी गराएर चुनाव गराउन सके राम्रो हुन्छ । राजपा सहितको चुनाव गराउनमा हाम्रो शक्ति केन्द्रीत छ,’ उनले भने,‘एमाले विना पनि संविधान संशोधनको लागि लागि दुई तिहाई संख्या पुग्छ । हाम्रो शक्ति संविधान संसोधन र चुनावमा केन्द्रीत छ ।’ संविधान संसोधन भयो भने देशमा राजनितिक संक्रमणकाल अन्त्य हुनेमा विश्वास उनले व्यक्त गरे ।
प्रदेश नम्बर २ मा अझैपनि स्थानीय निकायको संख्या बढ्न सक्ने सम्भावना रहेको अध्यक्ष प्रचण्डले बताए । ‘मेरै पालाको सरकारले प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या थप्ने काम गरिसकेको छ । सरकारको निर्णय सर्वोच्चले कार्यान्वय नगर्न अन्तरिम आदेश दिएको छ,’उनले भने ‘तर, साउन १७ गते यदि अदातले सरकारको निर्णय कार्यान्वयन गर्न फुकुवा गरिदियो भने स्थानीय तहको संख्या प्रदेश नम्बर २ मा बढ्न सक्छ । संख्या बढ्यो भने राजपाको माग सम्बोधन हुन्छ । स्थानीय तहको नक्सा मिलाउने कुरा हो मिलाइन्छ यसका कुनै समस्या हुँदैन ।’
प्रदेश र केन्द्रको चुनाव एकै चरणमा गर्नको लागि राजनीतिक दलहरु सकारात्मक रहेको अध्यक्ष प्रचण्डले दावी गरे । उनले भने,‘राजनितिक दल एकै चरणमा प्रदेश र केन्द्रको चुनाव गर्ने बिषयमा तयार छन् । निर्वाचन आयोगले एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गराउन प्राविधिक कठिनाई हुने देखाई रहेको छ । एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गर्न अझैपनि हामी कसरत गरिरहेका छौं ।’ केन्द्र र प्रदेशको चुनावको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी गराए ।
पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकास, माओवादी केन्द्रका महासचिव रामबहादुर थापा बादल लगायतका केन्द्रीय स्तरका नेता चुनावी प्रशिक्षण दिन काठमाण्डौंबाट जनकपुर पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.