एनएमबी माइक्रो फाइनान्सद्वारा तालिम
काठमाडौं: एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले उन्नति परियोजनाअन्तर्गत वित्तीय पहुँच वृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरेको छ।
संस्थाले क्षेत्रका शाखामा काम गर्ने कर्मचारीलाई मूल्य शृंखलामा आधारित वित्तीय सेवा प्रदान गरी कृषि उत्पादन वृद्धि गर्न ज्ञान दिलाउने उद्देश्यले कृषि मूल्य शृंखलामा आधारित वित्तीय सेवासम्बन्धी तालिम प्रदान गरेको हो। उक्त तालिमको उद्घाटन सुनसरी जिल्लाको इटहरीस्थित होटल पेरिसमा संस्थाका प्रमुख कार्यकारी अधिकृत तीर्थरत्न कोनाजोले गरेका छन्।
उद्घाटन कार्यक्रममा तालिमको औचित्यमाथि प्रकाश पार्दै कोनाजोले वित्तीय संस्थाको पहँुच देशभर पुर्याउने लक्ष्यका साथ वित्तीय संस्थाले काम गर्दै आएको बताए। एनएमबी माइक्रो फाइनान्सले हाल देशभर ६७ वटा शाखा तथा उपशाखा खोली ६० हजारभन्दा बढी सदस्यलाई समूहमा आबद्ध गरी वित्तीय सेवा प्रदान गरिरहेको छ ।
उक्त तालिममा ६० जना कर्मचारीको सहभागिता रहने र उक्त तालिमका स्रोतव्यक्तिका रूपमा सशक्तीकरण तथा विकास केन्द्र नेपालका डा. नरहरि ढकाल र लक्ष्मण न्यौपाने रहेका थिए।