रुपन्देहीमा अपराधिक गतिविधि बढ्दै

रुपन्देहीमा अपराधिक गतिविधि बढ्दै

भैरहवा : रुपन्देहीमा पछिल्ला वर्षहरुमा अपराधिक गतिविधिहरु बढ्दै गएका छन्। प्रहरीले जनाए अनुसार विगतका वर्षहरु भन्दा आर्थिक वर्ष ०७३/०७४ मा कर्तव्य ज्यान, ज्यान मार्ने उध्योग, लागूऔषध, जवर्जस्ती करणी, चोरी, सवारी दुर्घटना, आत्महत्या लगायतका घटनामा बृद्धि भएको छ।

आर्थिक बर्ष ०७३/०७४ मा प्रहरीले विभिन्न प्रकृतिका १ हजार ४ सय ६६ वटा मुद्दा दर्ता गरेर ९ सय ९२ वटा फछर्यौट गरेको जनाएको छ। आर्थिक बर्ष ०७३/०७४ मा कर्तव्य ज्यान सम्बन्धि २५ वटा मुद्दा दर्ता भएको रुपन्देही प्रहरी प्रमुख रविन्द्र धानुकले बताए । ०७२/०७३ मा यो संख्या १३ मात्र रहेको थियो । दर्ता भएका २५ वटा मुद्दा मध्ये ६ वटा फछर्यौट हुन बाँकी रहेको उनले बताए ।

यसैगरी जवरजस्ती करणीमा पनि दोब्बर मुद्दा दर्ता भएका छन्। आर्थिक बर्ष ०७२/०७३ मा २६ वटा मुद्दा दर्ता भएकोमा पछिल्लो बर्ष ४३ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकले देखाउँछ । रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बेल बहादुर पाण्डेले रुपन्देहीमा जघन्य अपराधहरु बढ्दो क्रममा रहेको बताए। आर्थिक बर्ष ०७२/०७३ मा चोरीका ६० वटा मुद्दा दर्ता गरिएका छन । यस अघि यो संख्या ४९ मात्र रहेको थियो ।

यसै गरी पहिले १ वटा मात्र मुद्दा रहेको डाँका चोरी बढेर ३ वटा पुगेको छ। शुन्य रहेको बोक्सीको आरोप र जातीय छुवाछुतका १/१ वटा घटना पनि दर्ता भएका छन् । लागू औषध सम्बन्धि मुद्दाको अवस्था झनै भयावह हुँदै गएको छ। आर्थिक बर्ष ०७१/०७२ मा १ सय ९० र ०७२/०७३ मा ३ सय २८ वटा मुद्दा भएको लागू औषधको मुद्दा आर्थिक बर्ष ०७३/०७४ मा बढेर ३ सय ५१ वटा पुगेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.