मेयरकै गाडीमा ‘हर्न’ निषेध
तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डे चढ्ने गाडीमा ‘नो हर्न स्टिकर’ टाँसिएको छ । उपमहानगरपालिकाको मुकाम क्षेत्र तुलसीपुर वजार क्षेत्रलाई हर्न निशेधित गर्ने निर्णय भएसंगै नगरप्रमुख (मेयर) पाण्डे सवार गाडीमा आइतबार स्टिकर टाँसिएको हो ।
मेयरको गाडीमा स्टिकर टाँसेर अन्य सवारी साधनहरुलाई समेत सचेतना दिइएको हो । उपमहानगरपालिका वडा नम्बर ५ ले वजारलाई हर्न निषेधित बनाउने गरी गरेको निर्णयलाई पूर्णता दिन आइतवारदेखि सम्पूर्ण सवारी साधनहरुमा ‘नो हर्न’को स्टिकर टाँस्न थालिएको छ । सबै सवारी चालकहरुलाई सचेत गराउन स्टिकर टाँस्न सुरु गरिएको वडा अध्यक्ष विरेन्द्र कुमार शाहले वताए । उनले पहिले नगरप्रमुखकै गाडीमा स्टिकर टाँस्ने अभियान थालिएको वताए । ‘सुरु आफैबाट गराँै भनेर मेयर सापकै गाडीमा स्टिकर टाँसेर अभियानको सुरुवात गरेका हौ’शाहले भने ‘यो अभियानलाई साइकल सम्म पु¥याउँछौ ।’
तुलसीपुरलाई ध्वनीबाट शान्त राख्न र ध्वनी प्रदुषण न्यूनीकरण गर्न हर्न निशेधित बनाइएको उनले बताए । सोही योजना अन्तरगत आइतवार विभिन्न सवारी साधनहरुमा हर्न निशेषको सन्देश दिने उदेश्यले नो हर्नको स्टिकर टास्न सुरु गरिएको सदस्य सुरेश श्रेष्ठले जानकारी दिए । हर्नलाई व्यवस्थित गर्न तुलसीपुरका विभिन्न स्थानमा जेब्राक्रसदेखि होर्डिङ वोर्डको व्यवस्था गरिएको छ ।
उपमहानगरपालिका वाड नं ५ ले साउन १ गते गरेको निर्णयलाई बुधवार देखि कार्यान्वयनमा ल्याएको हो । वडा अध्यक्ष विरेन्द्रकुमार शाहले वजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाइएको वताए ।
बजार क्षेत्र व्यवस्थित र शान्त सहर वनाउने अभियान अन्तरगत हर्न निषेधित क्षेत्र घोषणा गरिएको अध्यक्ष शाहले वताए । ‘मानवीय स्वास्थ्यमा ध्वनी प्रदुषणका धेरै नकारात्मक प्रभावहरु पर्ने हुँदा त्यसको न्यूनीकरण गर्न यो थालिएको हो’ शाहले भने ‘ध्वनी प्रदुषणले बजार क्षेत्र कुरुप बन्दै गएको छ, यसले नियन्त्रण हुन्छ भन्ने आशा छ ।’
तुुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजालले बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्नु एउटा सकारात्मक कार्य भएकोले यसलाई सबैले आत्मसात गर्नुपर्ने बताए । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख देवबहादुर केसीले बजारलाई अनावश्यक हो हल्लाबाट मुक्त पार्न र ट्राफिक व्यवस्थापनमा सघाउ पुगेको वताए ।
हर्न निषेधसंगै बजारका मुख्य चोकहरुमा पैदल यात्रुको सजिलोको लागि जेव्राक्रस, टा«फिक सचेतना दिन समेत सुरु गरिएको छ । एक हप्तासम्म चालकलाई सचेत गराउने र त्यसपछि पनि अटेरी गर्नेहरुलाई कानुन अनुसार र स्थानीय तहले तोकेको आर्थिक जरिवाना गर्ने निर्णय भएको प्रवक्ता सुरेश श्रेष्ठले वताए । उनले बजारको अव्यवस्थित पार्किङको पनि व्यवस्थापन थालिएको बताए ।
त्यसैगरी विहान नौं बजेदेखि ११ बजेसम्म बजार क्षेत्रमा कुनैपनि मालवहाक सवारी साधनले लोड अनलोड गर्न नपाउने व्यवस्था गरिएको छ । अव्यवस्थित सवारी पार्किङ र अनावश्यक हो हल्लाको अन्तका लागि तुलसीपुर उपमहा नगरपालिका वडा नं. ५ ले जिल्लामा थालेको यो पहिलो प्रयास हो । बजारलाई हर्न निषेधित बनाएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन ।