विदेशमा मृत्यु भएका कामदारका परिवारलाई अव सात लाख
काठमाडौं : सरकारले वैदेशिक रोजगारको शिलसिलामा विदेशमै मृत्य भएका कामदारको परिवारलाई दिँदै आएको राहत तथा क्षतिपूर्ति रकममा वृद्धि गरेको छ ।
वैदेशिक रोजगार प्रवद्र्धन बोडले वैदेशिक रोजगार विनियमावाली संशोधन गर्दै मृत परिवारले पाउँदै आएको क्षति पूर्ति रकममा चारलाख वृद्धि गरेको छ ।
पीडित परिवारले पाउँदै आएको तीन लाख रुपैयाँमा थप चार लाख गरी सात लाख पुरयाएको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए ।
पीडित परिवारले पाउने रकममा वृद्धि गरेसँगै सरकारले कामदारसँग लिने दस्तुर पनि वृद्धि गरेको छ ।
सरकारले अब साउन १६ गतेबाट वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारसँग लिँदै आएको एक हजार रुपैयाँलाई बढाएर १५ सय र २५ सँय रुपैयाँ समेत बनाएको छ ।
सरकारले पीडितलाई राहत तथा उद्धारका लागि उपलब्ध गराउने रकम व्यवस्थापनका लागि खडा गरेको कल्याणकारी कोष वापतको रकम बढाएको हो ।
अब तीन वर्ष भन्दा कम समयमा लागि श्रम स्वीकृत लिइ विदेश जानेसँग १५ सय र तीन वर्षभन्दा बढी समयमा लागि श्रम स्वीकृत लिनेसँग २५ सय लिने भएको छ । यसअघि सबै किसिमका श्रम स्वीकृति लिनेका लगि एक हजार मात्रै शुल्क थियो ।
अहिले दैनिक नेपालबाट २ हजारको संख्यामा युवा रोजगारीकै लागि विदेश गइरहेको छन् । गत आवमा मात्रै ६ लाख ४० हजार भन्दा बढी युवा कामकैलागि विदेश पलाएन भएका छन् । यसरी विदेश पलायन हुने युवा मध्ये दैनिक सरदर चार वटा मृतक शरिर नेपाल आउने गरेको छ । सरकारी यो निर्णयले वार्षिक करीव एक हजार मृतक कामदारका परिवारले राहत रकम पाउने आकलन गरिएको छ ।
गत आर्थिक बर्ष ०७३ ०७४ मा वोर्डबाट नौ सय ७२ जना मृतक तथा अंगभंग भएका कामदारका परिवारलाई २५ करोड ८५ लाख रुपैया उपलब्ध गराइएको थियो ।
बोर्डले न्युनतम १५ हजारदेखि अधिक्तम तीन लाख रुपैया उपलब्ध गराउँदै आएको थियो ।