भरतपुरमा पुन मतदान गराउने आदेश : एमालेद्धारा असहजतापूर्वक स्वीकार

भरतपुरमा पुन मतदान गराउने आदेश : एमालेद्धारा असहजतापूर्वक स्वीकार

काठमाडौ : भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान गराउन सर्वोच्च अदालतको आदेशलाई नेकपा एमालेले असहजतापूर्वक स्वीकार गरेको छ । सो वडाका जनताले आफनो अभिमतको रक्षा गर्दै नगरप्रमुख पदका आफनो पार्टीका उम्मेदवार देवी ज्ञवालीलाई बिजयी बनाइ न्याय दिने बिश्वास पनि एमालेले व्यक्त गरेको छ ।
‘सर्वोच्च अदालतबाट सुनियोजित ढंगले मतपत्र च्यातिएको तर मतगणना स्थल कब्जा नभएको स्थितिलाई ध्यानमा राखी पुनः मतगणना हुनुपर्ने मागसहितको मुद्दामा पुनः मतदान हुने गरी भएको फैसला दुःखद् छ । यसबाट जनताको अभिमतको अपमान हुनुका साथै भविष्यमा गलत नजिर स्थापित हुने आशंका र चिन्ता पैदा गरेको छ’ एमाले स्थायी समितिको बैठकपछि जारी प्रेस बिज्ञप्तिमा भनिएको छ‘यसलाई गम्भीर रुपमा लिई भरतपुर महानगरपालिका वडा नं. १९ का जनताले आफ्नो अभिमतको रक्षा गर्दै नगर प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीलाई विजयी बनाई न्याय दिनुहुनेछ भन्ने विश्वास बैठकले गरेको छ ।’
बैठकपछि सचिव योगेश भट्टराईले जारी गरेको प्रेस बिज्ञप्तिमा गत वैशाख ३१ गते सम्पन्न भरतपुर महानगरपालिकाको मतगणना भइरह“दा जेठ १४ गते राती माओवादी केन्द्रका प्रतिनिधिहरुले आफू निर्वाचन हार्ने निश्चित भइसकेपछि सुनियोजित ढंगले मतपत्र च्यातेको घटनाले प्रचलित कानून, लोकतान्त्रिक मूल्य र निर्वाचनका सर्वस्वीकार्य मान्यतालाई उपहास गरेको र स्वतन्त्र एवम् स्वच्छ निर्वाचनका पक्षधरहरुलाई आक्रोशित तुल्याएको उल्लेख छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको बालकोटमा बसेको बैठकले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको मुद्दामा सर्वोच्च अदालतद्वारा जारी फैसलाको बारेमा विशेष प्रस्ताव पारित गरेको सचिव भट्टराईले बताए ।
बैठकले जिल्ला समन्वय परिषद्का प्रमुख र उपप्रमुखका लागि पार्टी जिल्ला कमिटीबाट आएका सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र राय सल्लाह अनुसार निर्णय गरेको छ ।
दैलेखको प्रमुख पे्रमबहादुर थापा, उपप्रमुखमा लक्ष्मी शाह, ताप्लेजुङको प्रमुखमा घनेन्द्र मादेन, उपप्रमुखमा देवीमाया नेपाली, सिन्धुपाल्चोकको प्रमुखमा गोपाल तामाङ, उपप्रमुखमा बालकुमारी सापकोटा, धादिङको प्रमुखमा जगन्नाथ नेपाल, उपप्रमुखमा बिन्दा दराम नेपाली, काठमाडौंको प्रमुखमा शिव वैद्य, उपप्रमुखमा सरिता दाहाल, सिन्धुलीको उपप्रमुखमा शंकर बर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.