डोल्पामा एमालेको प्यानल निर्विरोध

डोल्पामा एमालेको प्यानल निर्विरोध

सिमकोट : जिल्ला समन्वय समिति डोल्पाको मनोनयनमा नेकपा एमालेका उम्मेरदवार सेरबहादुर बुढाको प्यानलको मात्रै मनोनयन परेपछि निर्विरोध भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयम सोमबार भएको मनोनयनमा बुढा नेतृत्वको टोलीको मात्रै एकल मनोनयन परेपछि निर्विरोध भएको डोल्पाका मूख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए ।

उनका अनुसार संयोजक र उपसंयोजकसहित आठ सदस्य एमाले र एक सदस्य राप्रपाको मिलेर संयुक्त रुपमा प्यानल बनाएर मनोनन दर्ता गराएका थिए । उनीहरुको मात्रै मनोनयन परेपछि निर्वारोध भएका उनीहरु हुन । औपचारिक घोषणा भने बुधवार हुनेछ ।


निर्विरोध हुनेमा एमालेका संयोजक सेरबहादुर बुढा, उपसंयोजक नरबहादुर बुढा दलित सदस्यमा प्रेम लाल कामी, महिला सदस्यमा देवीलक्ष्मी रोकाया,देवी घर्ती, माया ठकुल्ला, खुल्ला सदस्यमा रामप्रसाद महत, मैन ठकुल्ला र राप्रपाबाट खुल सदस्यमा चन्द्रबहादुर बुढा रहेका छन् ।
दुई नगरपालिका र ६ गाउँपालिका गरेर १६ मत रहेको डोल्पामा १० मत एमाले, तीन मत राप्रपा र तीन मत माओवादी केन्द्रको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.