जिसस जाजरकोटमा कांग्रेस–माओवादीबीच तालमेल
जाजरकोट: जिल्ला समन्वय समिति (जिसस) गठनका लागि जाजरकोटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच तालमेल भएको छ। बिहीबार हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि दुई दलले संयुक्त उम्मेदवार मनोनयन पत्र दर्ता गराएका छन्।
कांग्रेस र माओवादीबीचको सहमति अनुसार संयोजक सहित ४ पदमा माओवादी केन्द्रले र उपसंयोजक सहित ५ पदमा कांग्रेसले लिने सहमति भएको छ।नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज गणेश सिंहले दुबै पार्टी मिलेर जाने केन्द्रको निर्णय अनुसार जिल्लामा पनि सहमति खोजिएको बताए।
दुई पार्टीको तालमेलपछि गठबन्धनका उम्मेदवार विजयी हुने निश्चितप्राय छ।गठवन्धनको पक्षमा ८ मत र एमालेको पक्षमा ६ मत रहेको छ।दुइ दलको सहमति अनुसार संयोजकमा माओवादी केन्द्रका मनवहादुर रावल र उपसंयोजकमा कांगे्रसका ज्ञानीप्रसाद शर्माले उम्मेदवारी दिएका छन्।
यस्तै एमालेले पनि गठवन्धन विरुद्ध आफनो एकल उम्मेदवारी दिएको छ। एमालेबाट संयोजकमा गौरीवहादुर कार्की र उपसंयोजमा कमलाकुमारी शाहीले उम्मेदवारी दिएकी छिन्।जिल्लाका सात वटा स्थानीय तहका प्रमुमुख उपम्रमुख गरि १४ जनाले जिल्ला समन्व्य समितिको ९ पदका लागि मतदान गर्ने छन्।