ढुङ्गा लागेर मेयरका छोराको निधन
चैनपुर बझाड : जयपृथ्वी नगरपालिका ३ पडेश घर भएका सुरेन्द्र खड्काको मोटर साईकलमा चढी रहेका बेला ढुङ्गा लागेर मृत्यु भएको छ।
दुर्गाथली गाँउपालिका चौधारीवाट चैनपुर आई रहेका बेला जयपृथ्वी राजमार्गको कचाली खोलानिर माथिवाट आएको ढुङ्गा उनको टाउकोमा लागेको थियो ।
ढुङ्गा टाउकोमा लागेपछि गम्भीर घाईते भएका खड्काको जिल्ला अस्पताल ल्याउदै गर्दा वीच वाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । २५ वर्षीय सुरेन्द्र खड्का निर्वाचनको वेला काठमाण्डौवाट घरमा आएका थिए।
मृतक खड्का जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र खड्काका छोरा हुन । उनले चलाएको मोटरसाईकलको नम्वर बा ६४ प ६२१० रहेको प्रहरीले जनाएको छ।