तीन बालबालिकाको रहस्यमय मृत्युको अनुसन्धान गर्न

तीन बालबालिकाको रहस्यमय मृत्युको अनुसन्धान गर्न

भोजपुर : गत असार १२ गते बिहान साढे सात बजे मृत फेला परेका स्थानीय तीन बालबालिकाको घटनाबारे अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोली घटनास्थलमा पुगेको छ।

अरुण गाउँपालिका ३, प्याउली मराङडाँडाका चेतनाथ फुयाँल र निर्मला फुयाँलका १४ बर्षीया छोरी सुष्मा र ८ बर्षीय छोरा प्रदीप र स्थानीय रविन्द्र सापकोटा र सिता सापकोटाकाका १४ बर्षीय छोरा रन्जितको रहस्यमय मृत्यु भएको थियो। घटना भएको एक महिना पछि सिबिआइको टोलीले अनुसन्धान थालेको छ।

घटना शंकास्पद भएको भन्दै थप छानविनका लागि स्थानीयले माग गर्दै आएका थिए। स्थानीयको तीब्र दवावपछि केन्द्रबाट डिएसपी दधिराम न्यौपानेको नेतृत्वमा 'सीआइबी' अनुसन्धानका लागि खटिएको छ। यसअघि अञ्चल प्रहरी प्रमुख एसएसपी उत्तरकुमार कार्की र जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी काजीकुमार आचार्यको नेतृत्वको संयुक्त टोलीले अनुसन्धान गरेको थियो।

घटनाको अनुसन्धानमा ढिलाई भएको भन्दै पीडित परिवारले प्रशासनसंग असन्तुष्टि व्यक्त गरेको छ। उनीहरुले भोकहडताल गर्ने समेत चेतावनी दिएका छन.। ‘हाम्रा बालबच्चा पशु झैँ मारिएका छन्, ती हत्या गर्ने पापीलाई चाँडोभन्दा चाँडो पत्ता लगाउ, अझै पनि ढिला सुस्ती भए हामी रोडमा पाल टाँगेर भोक हडताल गर्नेछौँ, चाहे त्यसको लागि हामीलाई मर्न नै किन नपरोस्,'भावुक तर आक्रोश मुद्रामा चेतनाथले भने, ‘पीडितले न्याय पाउने हो की निराशामै टारिनुपर्ने? स्पष्ट हुनुपर्यो।

यतिखेर पुरै मराङडाँडा गाउँका करिब ५५ घरधुरीका नागरिक त्रसित छन्। बेलुकी साँझ पर्न साथ आफ्ना छोराछोरीलाई घरबाट बाहिर जान दिदैँनन् उनीहरु। सामान्यतयाः घाँस काट्न, खेतबारीमा मेलापात गर्न जाँदा अब खेताला नै लाउनुपर्ने परिस्थिति बनेको छ। विद्यालय छुट्टी हुनु अगावै अभिभावक विद्यालयमा आफ्ना नानीहरु लिन पुग्छन्। गत असार १२ भएको घटनाको त्रासले गर्दा सिंगो गाउँ नै विस्थापित हुने अवस्थामा पुगेको छ।

‘घटना घटेको यत्तिका दिनसम्म पनि सुरक्षा निकाय मौन छ, यो वातावरणमा हामी कसरी बाँच्ने,'छिमेकी मित्रबहादुर बस्नेतले भने, ‘अझैपनि यस्तै रहने हो भने पुरै गाउँ नै बसाँई जान बाहेक कुनै विकल्प छैन।' घटनाको यथाशीघ्र छानविनको माग गर्दै स्थानीय राजकुमार खत्रीको संयोजकत्वमा २० सदस्यीय संघर्ष समिति गठन गरेर विरोधका कार्यक्रमहरु गर्दै आएका छन्।

समितिले पिडित परिवारजनलाई उचित राहतसहितको क्षतिपूर्ति, मृतकलाई सहिद घोषणा गर्न, त्रासपूर्ण वातावरणबाट गाउँलेलाई विस्थापित हुनबाट रोक्न, दोषीलाई चाँडो पक्राउ गरि कडाभन्दा कडा सजाय दिन र त्रासपूर्ण गाउँमा शान्ति सुरक्षाको व्यवस्था हुनुपर्ने मागहरु संघर्षसमितिले अघि सारेको छ।समितिका संयोजक राजकुमार खत्रीले भने,‘सुरक्षा निकायको अनुसन्धान एकदमै ढिलो र प्रभावकारीहीन भएको छ, हाम्रा मागहरु पुरा भएन भने यो भन्दा कडा हडताल गर्नेछौ, विरोधका कार्यक्रमहरु जारी रहनेछन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.