नेपाल पर्वतारोहण संघ निर्वाचनमा शेर्पाको समूह सार्वजनिक
काठमाडौँ: साउन २१ गते हुन लागेको नेपाल पर्वतारोहण संघको नयाँ नेतृत्वका लागि सोलुखुम्बुका पर्यटन व्यवसायी आरोही जिम्वा जाङवु शेर्पाको प्यानलको नाम सार्वजनिक गरेको छ। राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी व्यवसायिहरुको संगठनको रुपमा आफुहरु नयाँ एजेन्डा सहित नेतृत्व संहाल्न चाहेको अध्यक्ष शेर्पाले बताए।
प्यानलमा प्रथम उपाध्यक्ष भूमि लाल लामा (सिराहा), द्धितिय उपाध्यक्षमा ङिमी शेर्पा (सोलुखुम्बु), महासचिवमा कुलबहादुर गुरुङ (धादिङ), सचिवमा पि छेवाङ शेर्पा (ताप्लेजुङ) र कोषाध्यक्षमा बिमल कुमार नहर्की (धादिङ) रहेका छन्।
शेर्पाको समुहमा आरोही र सकृय पर्यटन व्यवसायी सहित नौ सदस्य सहित १४ जनाको नामावली सार्वजनिक गरेको छ। पर्यटन र हिमालको प्रर्वधनका लागि रचनात्मक योजना सहित नेतृत्व रोजेको अध्यक्ष शेर्पाले बताए।
तीन बर्षे कार्यकाल समाप्त भए पछि संघले नयाँ नेतृत्व चयन गर्ने तयारीमा जुटेको छ । २०३० मा स्थापना भएको नेपाल पर्वतारोहण संघले पर्यटन ऐन, २०३५ को दफा ३७(२) बमोजिम सरकारले अधिकार दिएसँगै २०३५ साल देखि २७ वटा सानाहिमाल आरोहणवापतको सेवा शुल्क (रोयल्टी) संकलन गर्दे आएको छ।