पाँच हजार पाँच सय भाषण गर्ने बेलायती राजकूमार फिलीप अवकाश लिदै

पाँच हजार पाँच सय भाषण गर्ने बेलायती राजकूमार फिलीप अवकाश लिदै

लण्डन (संयुक्त अधिराज्य) : बेलायतका राजकूमार फिलीपले यसै हप्ताभित्र सार्वजनिक पदबाट अवकाश लिने वेलायतको राजदरबारबाट सोमबार जानकारी गराइएको छ ।

महारानी एलिजावेथ द्वितीयका जीवनसँगी ९६–बर्षीय फिलीपले अन्तिम समयमा कुनै पनि सहयोगी विना नै २२ हजार २०० सार्वजनिक समारोहमा सरिक हुँदै सक्रिय जीवनबाट अवकाश लिन लागेका हुन ।

द्वितीय विश्व युद्धमा नौसेनाको जिम्मेवारी सम्हालेका ‘डुक अफ एडिनवर्ग’ले बकिङ्घम राजदरबारमा बुधबार हुने राजकीय नौसैनिक प्रदर्शनमा सरिक हुनेछन् । उनी बेलायती ‘कमान्डो फोर्स’का ‘क्याप्टेन जनरल’ हुन ।

दरबारका एक प्रवक्ताले भने, “यो नै सम्भवत राजकूमार फिलीपको व्यक्तिगत रूपमा सार्वजनिक समारोहमा हुने अन्तिम सहभागिता हुनेछ । तर उहाँले महारानीको उपस्थितिमा समय समयमा हुने कार्यक्रममा सहभागी हुन चाहेमा यो निर्णयले कुनै प्रभाव पार्ने छैन ।”

बेलायतको इतिहासमा सवैभन्दा लामो समय सेवा गर्ने राजकूमार फिलीपले यसै बर्षकोको अन्त्यभित्र सार्वजनिक जिम्मेवारीबाट विदा लिने गत मे महिनामा घोषणा गरेका थिए ।

उनले एलिजावेथ द्वितीयले १९५२ मा आफ्ना पिताको मृत्य भएपछि जिम्मेवारी सम्हालेको र त्यसपश्चात महारानीसँगको नाताले उनले पनि राजदरबारका महत्वपूर्ण जिम्मेवारी हेर्दै आएका थिए । अवकासपूर्व व्यक्तिगत रूपमा २२ हजार २१९ सार्वजनिक कार्यक्रममा सहभागिता जनाउनेछन भने हालसम्म ६३७ पटक विभिन्न मुलुकको भ्रमण गरेका छन् । उनले पाँच हजार ४९६ ठाउँमा सार्वजनिक भाषण दिएका छन् ।

राजकूमार फिलीपको उमेरका अन्य व्यक्तिको तुलनामा अझै स्वस्थ रहेका छन् । उनलाई गत जुनमा दुई रात उपचारका लागि अस्पताल भर्ना गरिएको भएपनि उनलाई के समस्याका कारण अस्पताल पु¥याइएको थियो भन्ने दरबारले सार्वजनिक गरेको छैन ।

एकानब्बे बर्षीय महारानी र राजकूमारले राजकीय जिम्मेवारीलाई क्रमशः कम गर्दै आएका छन् । उनीहरुको जिम्मेवारी जेष्ठ सुपुत्र राजकूमार चाल्र्स र नाती राजकूमार विलियमल हेर्दै आएका छन् ।

‘डुक अफ क्याम्ब्रिज’ विलियमले आफ्नो एअर एम्बुलेन्सको चालकका रूपमा जिम्मेवारी पूरा गरी गत हप्तामात्र अवकास लिएका छन् । अहिले विलियम तथा उनकी संगिनी केटले राजदरबारका जिम्मेवारीतर्फ पूर्ण समय खर्चिदै आएका छन् । रासस/एएफ्पी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.