यी हुन् ४१ वटा आवाजकी धनी सन्तोषी सुब्‍बा(भिडियोसहित)

यी हुन् ४१ वटा आवाजकी धनी सन्तोषी सुब्‍बा(भिडियोसहित)

काठमाडौं:  सृजनाशक्ति विश्वमा कहिल्यै हुदैन विफल
ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल।

राष्ट्रकविको यो भनाई हुबहु लागू भएको छ आजभन्दा १४ वर्षअघि राजधानीको सडकमा भेटिएकी प्रतिभा सन्तोषी सुब्बाको जीवनमा।सन्तोषी कोइली, काग, कुकुर,कुखुरा, बाँदर, बाघ, स्याल, विरालो, बाख्रा, गाई, भैसी, बिरालोको गरी १९ वटा पशुपंक्षीको ४१ वटा आवाज निकाल्‍न सक्छिन्।

२२ वर्षीया सन्तोषी सुब्बा आफूमा रहेको अद्‍भूत प्रतिभा देखाएर सबैको मन जितिरहेकी छिन्। उनलाई तपाईमा यस्तो प्रतिभा कसरी आयो भनी प्रश्‍न गर्दा उनले भनिन् 'मलाई सानैदेखि कुकुरा र विरालो कराएको आवाज सुन्‍थे। त्यही दिमागमा बस्न थाल्‍यो।आमाबुवाले सानैमा काठमाडौं ल्याउनुभयो। तर बुवाले सौतेनी आमा ल्‍याउनुभयो। मलाई सडकमा छोडि दिनुभयो।'

उनले आफूलाई भोक लागेपछि पसलमा एक जनाले खानेकुरा माग्दा दिएको दिएको र पछि बास पनि दिएको बताइन्। उनले भनिन्, 'मलाई
साह्रै भोक लागेको थियो। पसलमा एक जनालाई खानेकुरा मागे। दिनुभयो। मैले खाए। पैसा मागे त्‍यो पनि दिनुभयो।मेरो कोही नभएको बताएपछि उहाँले आफ्नो घरमा लगेर राख्‍नुभयो।'

उनलाई राजधानीको कालोपुलस्थित गुरुङचौरमा डेरा गरी बस्दै आएका ४९ धने तामाङले धर्मपुत्रीको रुपमा पाल्दै आएका छन्। सन्तोषीको बारेमा उनले भने 'मैले सन्तोषीलाई ७/८ वर्षको उमेर हुँदा चाबहिलमा भेट्टाएको हुँ। सानैदेखि उसलाई मैलै धर्मपुत्रीको रुपमा हुर्काए। उनले सानैदेखि धेरै खाले जनावरको आवाज निकाल्‍थिन। '

उनले पहिला ९ वर्ष जित कुल्‍फी बेचेर सन्तोषीलाई पालेको अनुभव सुनाए। उनले भने ' मैले पहिला कुल्फी बेचे अनि सन्तोषीलाई नि कुल्फी बेच्न लगाएँ र गुजारा गरे। पछि उसको प्रतिभा बढ्दै गयो। सबैले मन पाउन थाले र पैसा दिन थाले।त्‍यसपछि हामी कुल्फी बेच्न छाडी दियौ। यही कला आवाजहरु अरुलाई सुनाएर जिविको पार्जन गर्ने बाटो खुल्‍यो।'

सन्तोषीले आफ्नो प्रतिभा देखाउनेक्रममा सिंहदरवारदेखि राष्ट्रपति कार्यालयसम्म धाए तर कुनै पनि निकायले उनको प्रतिभा हेर्न चाहेन। बरु उनलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो कार्यालयमा भेट्न बोलाएर भेट्‍न दिएनन्। उनले यसबारे गुनासो गर्दै भने, 'हामीलाई प्रचण्ड प्रधानमन्त्री भएको बेला भेट्‍न बोलाउनुभयो। तर सिंहदरवारको गेटबाटै भित्र छिर्न दिइएन। हामी त्‍यतिकै फर्कियौ।'

यति मात्रै नभई उनले करीब चार महिनाअघि आफूहरुलाई प्रतिभा देखाउन राष्ट्रपति भवन शीतल निवास पुग्दा तर प्रवेशमा रोक लगाएको दुखेसो पोखिन्। उनले भनिन्, 'मैले महिला भएको नाताले राष्ट्रपति विद्यादेवीले मेरो प्रतिभा हेरिदिनुहुन्थ्यो भन्‍ने लागेको थियो। तर राष्ट्रपतिले भेट नै नदिइ गेटबाटै फर्काइदिनुभयो।'

सन्तोषीले आफूलाई भित्रैदेखि पढ्‍ने इच्छा रहेको बताइन्। उनले भनिन्, 'मैले औपचारिक शिक्षा लिएको छैन। तर मलाई आवाज निकाल्‍ने शिक्षा भने भित्रैबाट आउँछ।  म पढ्‍ने  पाएँ भने मेरो प्रतिभामा थप सुधार हुने थियो ।' सरकारले साथ दिए उनी आफनो आवाजलाई गिनिज बुकमा लेखाउन चाहन्छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.