बबई नदी नियन्त्रण गर्न गुरु योजना: सिँचाई मन्त्री
बर्दिया : बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका लगायतका क्षेत्रमा बाढीको जोखिम न्यूनिकरण गर्न बबई नदी नियन्त्रणको गुरुयोजना मार्फत अघि बढ्ने सिँचाई मन्त्री संजय गौतमले बताएका छन्। बबई सिँचाई आयोजनाको मंगलवार स्थलगत अनुगमन गरेका मन्त्री गौतमले गुलरियाको भविष्य सुरक्षित गर्न त्यस्तो गुरुयोजना अघि बढाउने बताएका हुन्।
अनुगमनका क्रममा मन्त्री गौतमले बबई सिँचाई आयोजनाको सानोश्री, ढोडरी, वैदी लगायतका क्षेत्रहरुमा स्थलगत निरीक्षण समेत गरेका छन। बाढीको जोखिममा रहेको बर्दियामा मन्त्रीले बाढी नियन्त्रणको प्रयास गर्ने प्रतिवद्धता गरेका छन्। बबई सिँचाई आयोजनाको सवै कुरा बुझेर मात्र काम अघि बढाईने बताएका छन्। आयोजनाको सुक्ष्म अध्ययन पश्चात धेरै काम गर्ने मन्त्रीले आश्वासन दिँदै आफूले यो काम गर्छु भनेर भन्नु भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे।
बबई सिँचाई आयोजना आरम्भ काल ०४५ साल देखि हाल सम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ। आयोजना अवधिमा १२ अर्व ६७ करोड रुपैया खर्च गरिने लागत स्टिमेट मध्ये हाल सम्म ६ अर्व ३ करोड रुपैया खर्च भएको आयोजनाले जनाएको छ।