दलित आन्दोलनका अगुवा रामको निधन

दलित आन्दोलनका अगुवा रामको निधन

राजविराज : सिनो बहिष्कार र भूमिहीन हरुवा चरुवा आन्दोलनका अगुवा नेता बलदेव रामको ६७ वर्षको उमेरमा मंगलबार विहान सप्तरीको सुरुंगा नगरपालिका वडा नम्बर ४ मधुपट्टि कनकपुरस्थित घरमा निधन भएको छ ।
धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई आइतबार घर फर्किएका मुटु रोगी रामको स्वास्थ्य अवस्था बिहान एकाएक बिग्रिएपछि अस्पताल लैजाने तयारी गर्दा गर्दै बिहान ६ बजे निधन भएको उहाँका छोरा गणेश रामले बताए । रामका श्रीमती, दुई छोरी र दुई छोरा छन् ।


सप्तरीको दौलतपुर गाविसमा २०५६ सालमा कथित दलितहरुले सिनो फाल्नै पर्ने सामाजिक बाध्यताका विरुद्ध आन्दोलनको अगुवाई गरेका रामले तराईका जिल्लामा सिनो फाल्नु पर्ने कुरितीजन्य प्रथाको अन्त्य गर्न अग्रणी भूमिका निर्वाहगरेका थिए । राष्ट्रिय भूमि अधिकार मञ्च, जनचेतना दलित संगम मधुपट्टि र हरुवा चरुवा अधिकार मञ्चको संस्थापक अध्यक्ष राम उच्च स्तरिय भुमिसुधार आयोग २०६५ को सदस्य समेत भएका थिए ।

भारतको दिल्लीमा २०६३ सालमा डाक्टर अम्बेडकर पुरस्कार पाएका रामलाई पछिल्लो पटक राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय मानवअधिकार आयोगको १७ औं वार्षिकोत्सवको अवसरमा ‘दयाराम परियार स्मृति मानवअधिकार सम्मान’ प्रदान गरेको थियो । त्यस्तै गत वर्ष साउन १६ गते २४औं प्रकाश स्मृति दिवसको अवसरमा बैद्य—प्रकाश मानव अधिकार पुरस्कार २०७३ बाट राम सम्मानित भएका थिए ।

राष्ट्रिय मानव अधिकार आयोगबाट २०५८ सालमा र राष्ट्रिय दलित आयोगको १३औं वार्षिकोत्सवको अवसरमा २०७१ सालमा सम्मानित रामले २०६१ मा टिकाराम मानव मर्यादा पुरस्कार, २०६२ मा जनउत्थान राष्ट्रिय पुरस्कार र समाज कल्याण परिषदद्वारा २०६९ मा सामाजिक सेवा पुरस्कार प्राप्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.