स्थानीयद्वारा विद्युत कार्यालयमा तोडफोड
बुटवल: रूपन्देहीको तिलोत्तमा नगरपालिकाका बासिन्दाले नियमित विजुली आपूर्ती नभएको भन्दै विद्युत कार्यालयमा तोडफोड गरेका छन्।
नियमित विजुलीको आपूर्तीका माग गर्दै धर्ना दिन गएका उनीहरुले कार्यालयमै तोडफोड गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। त्यसक्रममा सर्वसाधारण र प्रहरीबीच ढुंगा हानाहान भएको थियो।
झडपमा परी सात जना घाईते भएका छन्। उनीहरुको बुटवल र मणिग्रामका अस्पतालमा उपचार भइरहेको छ। स्थानीयले अहिले बुटवलट-भैरहवा सडक ठप्प पारेका छन्।