'गुटबन्दीका कारण कांग्रेस कमजोर'

'गुटबन्दीका कारण कांग्रेस कमजोर'

काठमाडौं: नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आन्तरिक किचलोका कारण स्थानीय तहको निर्वाचनमा पार्टी दोस्रो स्थानमा खुम्चिएको बताएका छन्।

नेपाल तरुण दल काठमाडौंले आयोजना गरेको कार्यक्रममा तरुण दलका पूर्व अध्यक्ष समेत रहेका नेता खाणले समयमै पार्टीभित्रको विवाद मिलाउन सकेको भए पराजय भोग्नु नपर्ने बताए। उनले भने, ‘जनता कांग्रेसकै पक्षमा छन्, तर हामी पार्टीभित्रको गुटबन्दीका कारण कमजोर हुँदै गएका छौं।'

उनले पार्टीभित्रको असन्तुष्टि र गुटबन्दीलाई समयमै व्यबस्थान गर्न सके आसन्न बाँकी निर्वाचनमा कांग्रेसको विजय निश्चित रहेको दावी गरे। कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले प्रदेश नं. दुईको निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने दावी गरे। उनले भने, ‘हामीले आफ्नालाई भन्दा जित्नेलाई टिकट दिने हो भने हाम्रो जित निश्चित छ।'

यस्तै सांसद उदयशमशेर राणाले परिवर्तनका लागि लड्दै आएका युवाहरुलाई परिवर्तनपछि वेवास्ता गरिने गरेको उल्लेख गर्दै सबै क्षेत्रमा युवाको समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए। यादव र राणा पनि तरुण दल पूर्व अध्यक्ष हुन्। कार्यक्रममा नवनियुक्त खानेपानी मन्त्री यादवलाई सम्मान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.