मेक्सिकोमा पत्रकारको गोली हानी हत्या

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या

मेक्सिको सिटीः मेक्सिकोको उत्तरपश्चिमी राज्य बाजा क्यालिफोर्नियाको रोसारिटो सहरमा रहेको एक रेष्टुरेन्टमा गोली प्रहार गरी एक मेक्सिकन पत्रकारको हत्या गरिएको छ । लुसिआनो सिभेरा नाम गरेका ती पत्रकार मङ्गलबार बिहान सवेरै मारिएका हुन।

रोसारिटो सहरको मध्य भागमा रहेको एक रेष्टुरेन्टमा सो घटना भएको महान्यायाधिवक्ता कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ । अनुसन्धानको क्रममा उनको हत्यामा संलगन रहेको आशङ्कामा अल्फेडो एन नामक एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

मारिएका ३३ बर्षीया पत्रकार स्थानीय टेलिभिजन च्यानल सिएनआरका सम्पादक र एक नयाँ वेबसाइटका सम्वादाता रहेका थिए। प्रत्यक्षदर्शीका अनुसार रिभेरालाई टोउकोमा गोली प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ।

अपराधीको खोजीको क्रममा प्रहरीले केही संदिग्ध व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । गत मार्चदेखि यता मेक्सिकोमा मारिएका पत्रकार रिभेरा आठौँ पत्रकार हुन्। मेक्सिको संसारमा सबैभन्दा धेरै पत्रकार मारिने देशमा पर्दछ । यहाँ बर्षेनी दर्जनौँ पत्रकारको हत्या हुने गरेको तथ्याङ्क अधिकारवादीहरुले सार्वजनिक गर्ने गरेका छन्। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.