शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश
काठमाडौं : आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा अब प्रहरी हिरासतमा रहने भएका छन् । सर्वोच्च अदालतको मंगलबारको पूर्ण इजलाशले शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतबाट न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।
न्यायधीशहरु दिपकराज जोशी, दिपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पूर्ण इजलाशले शर्मालाई न्यायिक हिरासतमा आदेश दिएको हो । राजस्व हिनामिना गरेको आरोपमा शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १९ गते नियन्त्रणमा लिएको थियो।
कर फछ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति दिएको, कर निधारण गर्दा भष्टाचार गरेको तथा एनसेल बिक्री करमा छुटको लबिङ लगायतका विवादास्पद मुद्दामा मुछिएका शर्मालाई अख्तियारले नियन्त्रणमा लिएको थियो ।