‘हनी ट्रयापिङ’ नाइके पक्राउ
काठमाडौं : युवतीहरुलाई प्रयोग गरी अपहरण गर्ने र त्यसपछि असुली गर्ने सन्जालका मुख्य नाइके शुक्रराज तामाङ पक्राउ परेका छन्।n प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईब)ले ३४ वर्षीय तामाङलाई काठमाडौंको बासबारीबाट पक्राउ गरेको हो।
तामाङले आफूलाई सीआईबीको उपरीक्षक (डीएसपी) हुँ भन्दै फिरौती लिने गरेका थिए। पीडितको उजुरीको आधारमा सीआईबीले यसअघि एक युवतीसहित चार जना पक्राउ गरेको थियो। तीमध्ये दुई जना पुर्पक्षको लागि नख्खु कारागारमा रहेका छन्।
यसअघि कर्तव्य ज्यान मुद्धामा १० वर्ष जेल बिताएका शुक्रविरुद्ध शरीर बन्धक तथा अपहरणमा दुई वटा उजुरी परेको थियो। युवतीहरुलाई प्रयोग गरी मायाँ जालमा पार्ने र त्यसपछि विभिन्न नाटक गरी पैसा असुल्ने कामलाई प्रहरीले ‘हनी ट्रयापिङ ’ भन्ने गरेको छ।