कोषद्वारा करिब रु ८५ अर्ब ५० करोड लगानी
काठमाडौ: नागरिक लगानी कोषमा गत असार मसान्तसम्म सरकारी तथा गैरसरकारी संस्था गरी ४७ हजार ९२५ आबद्ध छन्।
ती कार्यालयका ६ लाख ८ हजार ८४९ कर्मचारीबाट अहिलेसम्म रु ९३ अर्ब ५३ करोड ६२ लाख संकलन भएको छ। गत असार मसान्तसम्ममा कोषले रु ८५ अर्ब ५० करोड ४९ लाख लगानी गरेको छ।
कोषले गरेको लगानीमध्ये ऋणपत्रमा रु एक अर्ब ८० करोड ९३ लाख, बैंक तथा वित्तीय संस्थामा रु ५७ अर्ब ९९ करोड निक्षेप संकलन भएको छ भने कर्जामा रु छ अर्ब ५७ करोड, संगठित संस्थाको सेयर धितोमा रु चार अर्ब दुई करोड ४८ लाख र सहभागी सापटी तथा आवास कर्जामा रु १५ अर्ब ११ करोड २ लाख रहेको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए।
उनका अनुसार आव २०७३/७४ मा कोषबाट रकम भुक्तानी लिने सहभागीको संख्या ५९ हजार १६० छ भने दैनिक ८७८ जनाले सेवा लिने गरेका छन् । रासस