पर्वतारोहण संघमा शन्तवीर लामाको प्यानल घोषणा
काठमाडौँ : नेपाल पर्वतारोहण संघ (एनएमए) को साउन २१ गते हुने निर्वाचनका लागि व्यवसायिक नारासहित शन्तवीर लामा नेतृत्वको समुहले उम्मेदवारी दिने घोषणा गरेको छ।
एनएमए हाक्न बुद्धिजीवी सक्षम नेतृत्वको जरुरी भएको भन्दै आफुहरु त्यो आवश्यकता पूरा गर्ने वाचासहित उम्मेदवारी दिएका अध्यक्ष प्रत्यासी लामाले बताए। पर्यटन व्यवसायी लामाको समूहले राजधानीमा मंगलबार पत्रकार सम्मेलनको आयोजना पर्यटन क्षेत्रको पर्यवाची बनेर हिमालको उत्थान गर्ने योजनासहित नेतृत्व संहाल्ने चाहेको अध्यक्ष लामाले बताए।
प्यानलमा प्रथम उपाध्यक्ष दिवश बिक्रम शाह, द्वितीय उपाध्यक्षमा आरोही माया शेर्पा, महासचिवमा बोधराज भण्डारी, सचिव टिकाराम गुरुङ, कोषाध्यक्षमा सर्दशन न्यौपाने रहेका छन्।
सदस्यमा सुमनप्रसाद न्यौपाने, विनय शाक्य, ठाकुरप्रसाद सापकोटा, शिवबहादुर सापकोटा, सञ्जीव गुरुङ, संघी लामा, उर्गदेवी श्रेष्ठ, मिङमार शेर्पा र पासाङ टेण्डी शेर्पा गरी १५ सदस्सीय रहेका छन्।
२७ हिमालको व्यवस्थापन गर्दै आएको एनएमएले आगामी दिनमा राज्यकै हितका लागि आरोहण अनुमती पाएका तर आरोहण बाँकी भएका सबै हिमालमा पर्यटन पु¥याउने लक्ष्य समेत राखेको छ। आफ्नो कार्यकालको पहिलो बर्षमै संख्यात्मक र गुणात्मक काम गरेर देखाउने महासचिव उम्मेदवार भण्डारीले जानकारी गराए।
संघको निर्वाचनमा एक हजार ३९ जना प्रतिनिधिले भोट दिन पाउने छन्। नेतृत्वले मनोनयन गर्ने छ। २०३० मा स्थापना भएको नेपाल पर्वतारोहण संघले पर्यटन ऐन, २०३५ को दफा ३७(२) बमोजिम सरकारले अधिकार दिएसँगै २०३५ सालदेखि २७ साना हिमाल आरोहण वापतको सेवाशुल्क (रोयल्टी) संकलन गर्दे आएको छ।