हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अभियानः डा. लोहनी
राजविराजः एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि मुलुकभर अभियान चलाउने घोषणा गरेका छन्।
राजविराजमा मंगलबार आयोजित सभा र प्रशिक्षण कार्यक्रममा डा. लोहनीले जनभावना विपरीत गरिएको धर्मनिरपेक्षताको निर्णय फिर्ता लिन र त्रुटि सच्याउन देशभर अभियानमार्फत दवाव सृजना गरिने बताए। विश्वकै एक मात्र हिन्दु राष्ट्र नेपाललाई संविधानबाट हटाउन जनताले कहिलै जनादेश नदिएको दावी गर्दै उनले हिन्दु राष्ट्रका लागि साथ दिन सबैलाई आग्रह समेत गरे।
सभामा पार्टीका उपाध्यक्ष डा. सुष्मा आचार्यले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षधर एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) सशक्त बने मात्र मुलुक सशक्त बन्ने र विकासतर्फ लम्किने दावी गरिन्।