अखिल क्रान्तिकारीमा राष्ट्रिय सम्मेलनको चहलपहल बढ्यो

अखिल क्रान्तिकारीमा राष्ट्रिय सम्मेलनको चहलपहल बढ्यो

काठमाडौं : माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औं एकताको राष्ट्रिय सम्मेलनको मिती घोषणा भएसँगै विद्यार्थी नेता सक्रिय भएका छन्।

भदौ ७ देखि काठमाडौंमा सुरु हुने सम्मेलनको नेतृत्व ह्त्याउन विभिन्न विद्यार्थी नेता आआफ्नो तयारीमा जुट्न थालेका छन्। १ सय ९९ सदस्यीय केन्द्रीय समितीको नेतृत्वका लागि उपाध्यक्ष अनिल शर्मा, आरसी अधिकारी, रन्जित तमाङ, पञ्चा सिंह र महासचिव वीरेन्द्र बस्नेतको नाम चर्चामा छ।

उपाध्यक्ष अनिल शर्मा पश्चिममा राम्रो प्रभाव छ।संगठनमा कुशल संगठकको छवि बनाएका शर्मा आरसी अधाकारी पार्टी अध्यक्ष प्रचन्डको गृह जिल्ला चितवनको भएको हुनाले उनका विश्वास पात्र मानिन्छन्। झापाका रन्जित तमाङ प्रखर वक्ता एवम् कार्यकर्ता तहमा भिजेका नेता हुन। लामो समयदेखी संगठनमा आवद्ध तमाङ पूर्वका कार्यकर्ताको राम्रो साथ पाउने सम्भावना छ।

अर्का प्रत्यासी वीरेन्द्र वस्नेत जनयुद्ध कालमा २७ महिना भैरवनाथ गणमा बिताएका पुराना नेता हुन्। जनयुद्धमा उनका दुई दाजुभाइ बेपत्ता पारिएको थियो।

विभिन्न घटकहरुको एकताबाट माओवादी केन्द्र बने लगत्तै विद्यार्थी संगठनबीच पनि एकता भएको थियो। २०७६ प्रतिनिधिमा एकताबाट आउने विभिन्न घटकसँग ८५० प्रतिनिधि हुने देखिएको हुनाले यो समूह बलियो मानिएको छ

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.