भरतपुर महानगरका २८ सय ७ मतपत्र जलाइयो
चितवन : भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा साउन २० गते पुन मतदान गराउने घोषणा गरे लगत्तै दुई हजार आठ सय सात मत मंगलबार जलाइएको छ । सुरक्षा निकायका प्रमुख र राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मतपत्र जलाइएको हो ।
१९ वडामा दुई हजार आठ सय ९७ मत खसेको मध्ये ९० वटा च्यातिएका मतपत्र काठमाडौं पठाइएको थियो। बाँकी रहेका मतपत्र जलाइएको निर्वाचन आयोगको निर्देशनमा जलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतपत्र जलाइएको स्थानको तस्बिर खिच्न दिइएको थिएन । मतपत्र जलाउने क्षेत्रमा पत्रकारलाई प्रवेश गर्न प्रतिबन्ध लगाइएको हो।